परदेशी

0
236

लेकमा फुल्ने त्यो लाली गुरास
हास्छ कि कहिल्यै हास्दैन
बिहानी ब्युझाउने त्यो रातो भाले
बास्छ कि आजकाल बास्दैन ?
फाँटमा नाच्ने मयुर
पंख खोल्दै नाच्छ कि
आजकाल नाच्दैन ?
हिमचुलीको त्यो हिमाल
चम्किलो ताज रसछ की
आजकाल रसदैन ?
बिरह गाउने न्याउलीलाई
बिरभाब जाग्छ की
आजकाल जाग्दैन?
पिरतिको सुन्दरभाव
प्रतित गर्दै डाँफे र,मुनाल
नाच्छन की आजकाल नाच्दैनन?
सगरमाथालाई सुगन्ध दिने
कस्तुरी बिना छर्छकी
आजकाल छर्दैन ?
कुँहु – कुँहु सन्देश छोडी प्रश्नगर्ने
कोहिली त्यो वार्ता
गर्छ की आजकाल गर्दैन ?
बाध्यताको भारी बोकेर
प्रदेशियेको प्रदेशी त्यो
घरआउन पाउला की अझै पाउदैन ?
त्यो मातृभूमी छोडेर गा को
बुझिदिने भाव को होला
दु:खीको मन रुदैछ आज
शासकको मन रोला की
कहिल्यै नरोला ?
जन्मिदै ऋण बोकाउने शासक
फेरिन्छ भन्थे पोहोर
फेरिएन दु:ख दु:खीको अझै
फर्किऔं अब गाउँघर
सहेर जान्न यो जाली शासन
एक जुट हौं अव त
फूकेर हिडौं क्रान्ती बिगुल
सुखको संसार
प्राप्त हुन्छ तब त ।।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here