पब्लिक बसमा पकेटमारहरुले बोल्ने कोट भाषा यस्ता छन्

0
205

काठमाडौं । काठमाडौंमा पब्लिक वसमा यात्रा गर्दै हुनुहुन्छ ? द, कान, रामे, काशी, टानको द, जुटको द, काँचा, छापा, भद्री, ठूल्दाई, माम, मले, टाकी, अकल, जा, चिछल जा जस्ता शब्दहरुमा ध्यान दिनु होला ।

तपाई–हामीलाई यी शब्दहरु अनौठा लाग्छन् । नलागुन पनि कसरी ? बोलीचालिमा आउने शब्दै होइनन् यी । त्यसो भए यी शब्द कहाँ प्रयोग हुन्छन् त ? काठमाडौं महानगरिय पुलिसद्वारा सञ्चालन गरेको पकेटमारहरुलाई गिरफ्तार गर्ने दौरानमा करिब ७० जना पकेटमारहरुलाई गरेको थियो । ति मध्यका पकेटमारहरु बीच महानगरिय पुलिसले छानविन गर्दा कोट भाषाको बारेमा पत्ता लगाएको थियो ।

पैसा– द,
मोबाइल– कान,
पकेटमारी पीडित– रामे
पकेटमारी गर्ने मास्टर– काशी,
पैसा धेरै छ – टानको द
पैसा थोरै छ – जुटको द
गाडी– काँचा
केटा – छापा
केटी – भद्री
पुलिस आयो – ठूल्दाई आयो
ड्राइभर – माम
खलासी – मले
गाडीबाट झरेर भाग – टप्की
गाडीभित्र अगाडि सर – अकल जा
गाडीभित्र पछाडि जा – छिचल जा ।

जस्ता शब्दहरु उपयोग गर्दै आएका छन् । पब्लिक बसमा पकेटमारहरुले बोल्ने कोट भाषा यस्ता छन्, होशियारी पूर्वक यात्रा गर्नु होला ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here