पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष हरिकृष्ण न्यौंपानेमाथि सांघातिक हमला

0
940

अन्तर्राष्ट्रिय नेपाली एकता समाजद्वारा घटनाको निन्दा प्रकट

काठमाडौं । पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष हरिकृष्ण न्यौंपानेमाथि भएको भएको साङ्घातिक हमला एवं दुर्व्यवहाप्रति अन्तर्राष्ट्रिय नेपाली एकता समाजले घोर निन्दा प्रकट गरेको छ । समाजका महासचिव शोभाकान्त लामिछानेले एक विज्ञप्ती जारी गर्दै राष्ट्रको चौथो अङ्गमाथि नै चरम दुव्र्यवहार भएको बताएका छन् ।
न्यौंपानेले लामो समयदेखि नेपाल र कुवेतका सरकारबीच श्रम सम्झौता नभएसम्म नेपाली श्रमिकहरुलाई कुवेतमा ल्याउनु हुँदैन भन्ने मान्यता राख्दै आएका छन् । न्यौपानेमाथि १८ फेबु्रअरी २०१८ को साँझ भएको दुर्व्यवहार भएको बताइएको छ ।
“पत्रकार न्यौंपानेलाई केही विषयमा छलफल गर्नु पर्ने भन्दै एकान्त कोठामा बोलाएर कुवेतका म्यानपावर व्यवसायी तथा एनआरएनका अध्यक्ष अर्जुन तामाङले आफ्ना केही समर्थकहरुको उपस्थितिमा साङ्घातिक हमला नै गरेका थिए । यसरी गरिएको हमला तथा कुटपिटबाट राष्ट्रको चौथो अङ्गमाथि नै चरम दुव्र्यवहार भएको स्पष्ट छ ।”
अन्तर्राष्ट्रिय नेपाली एकता समाज घोर निन्दा र दोषीहरुमाथि गम्भीर छानबिन गरी कडाभन्दा कडा कारवाहीका लागि पनि सम्बन्धित निकायसँग जोडदार माग गरेको विज्ञप्तीमा उल्लेख छ ।
अन्तर्राष्ट्रिय नेपाली एकता समाज नेपालमा राष्ट्रिय जनमोर्चा निकट रहेको संगठन हो । सो संगठन अन्तर्गत मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, कुवेत नेपाली एकता समाज, बहराइन नेपाली एकता समाज, सौदी अरब नेपाली एकता समाज, ओमान नेपाली एकता समाज, जापान नेपाली एकता समाज, कुवेत नेपाली एकता समाज, कतार नेपाली एकता समाज, हङकङग नेपाली एकता समाज, इज्राएल नेपाली एकता समाज लगायत युरोपका विभिन्न देशहरुमा समेत अन्तर्राष्ट्रिय नेपाली एकता समाजले आफ्नो संगठन विस्तार गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here