पत्रकार पोख्रेल मातृशोकमा

0
88
बुटवल/ प्रगतिशील प्रत्रकार संघका केन्द्रीय कोषाध्यक्ष श्यामलाल पोख्रेल मातृशोकमा पर्नुभएको छ । पोख्रेलकी आमा पद्मा कुमारी पोख्रेलको ६५ वर्षको उमेरमा  बुधबार विहान आफ्नै निवासमा निधन भएको थियो ।
उहाँ केही समययता क्यानसर रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँको रेखदेख एवं उपचारको निम्ती छोरा श्यामलाल पोख्रेल निरन्तर लागि पर्दै आउनुभएको थियो । प्यूठान स्थायी घर भएकी पोख्रेल छोरा बुहारीसंगै बुटवल तिलोत्माको जानकी नगरमा बस्दै आउनुभएको थियो ।
यस दुःखद घडीमा ई–मिसनखवर परिवारको तर्फबाट दिवंगत हुनुभएकी पोख्रेलकी ममतामयी आमाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं साथै शोककाकुल परिवार एवं पत्रकार श्यामलाल पोख्रलेल प्रति गहिरो समवेदना प्रकट गर्दछौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here