ने.क.पा. को संक्षिप्त इतिहास

0
1090

-महेन्द्र बस्याल

१९१७ रसिया र १९४९ को चाइनाको क्रान्ति पछि भारतमा अध्यान गर्ने नेपाली बिद्यार्थीहरूमा भारतीय कम्युनिस्ट पार्टीको प्रभावका कारण २२ अप्रेल १९४९ मा (१० बैसाख २००६) सालमा कलकत्ताको स्याम बजारमा भएको थियो। संस्थापकहरू १.पुष्पलाल श्रेष्ठ, २.नर बहादुर कर्मचार्य, ३.निरञ्जन गोविन्द बैद्यै, ४.नारायण बिलास थिए। १५ सेप्टेम्बर १९४९ मा पार्टीको मसौदा घोषणापत्र तयार पारिएको थियो।

नेकपाले २०३६ साल सम्म १५ सेप्टेम्बर लाइ पार्टीको स्थापना दिवस मान्दै आएको थियो। पछि संस्थापकहरूको संयुक्त बक्तव्य पछि २२ अप्रैललाइ नै मान्ने निर्णय भयो। ने क पा को प्रथम सम्मेलन २७ सेप्टेम्बर देखी २ अक्टोबर १९५१ मा सम्पन्न भएको थियो। २००७ सालको राणा शासनको अन्त पछि दिल्ली सम्झौता भयो लाइ नेकपाले धोका भन्यो। २००८ शालमा सिंह दरर्बारमा थुनिएका के आइ सिंह जेल तोडेर चिन तर्फ भागे। यसै बिषयमा नेकपाको संलग्नता छ भनेर २०१० मा नेकपा माथी प्रतिबंध लगाइयो। यस्तो कठिन अबस्थामा १७ माघ २०१० (३० जनबरी १९५४) मा भूमिगत रूपमा नेकपाको प्रथम महादिवेशन भयो।

२०१२ मा दोस्रो सम्मेलन पछि नेकपा को केस का बौमत साथीहरूले बैधानिक राजतन्त्र मान्ने बकतव्य निकाले पछि २०१३ वैशाख ४ गते नेकपा माथीको प्रतिबंध हटाइयो। बैधानिक राजतन्त्र मान्ने बिषयले पार्टीमा ठूलो विवाद भयो। २०१४ शालको जेठमा नेकपा को दोश्रो महाधीवेशन भयो र गणतन्त्रको लाइ पास गऱ्यो तर पार्टीको नेतृत्वमा राजा प्रस्त डा. केशरजंग रायमाझी चुनिए। उनले महाधीवेशनको निर्णय सर्कुलर समेत गरेनन। यसले पार्टीमा दुइलाइको संघर्ष चर्कियो। २०१७ शाल पौष १ गते देशमा राजाको एकछत्र तानाशाही शासन कायम भयो। यस विषयलाइ बिचार गर्न दरभंगामा प्लेनमको आयोजन गरियो। प्लेनमको बहुमतले संविधान सभा र अंतरिम सरकारको लागि संघर्ष गर्ने निर्णय लियो।यसको नेतृत्व कामरेड मोहन बिक्रम सिंहले गर्नु भएको थियो। तर पार्टीको के स को बहुमतले त्यो निर्णय मानेन र पञ्चायत प्रस्त नीति अपनायो। यस्तो बिषम परिस्थिति मा अल्पमतले अन्तर जोनल सामंजस्यता समितिको गठन गरेर २०१९ बैशाखमा तेश्रो महाधीवेशन बनारस मा भयो। त्यती बेला चीन र रूसका पार्टीहरू बिच तिब्र संघर्ष चलेको थियो त्यसको असर नेकपा मा पनि पऱ्यो जस अनुसार पार्टीमा ठूलो बिसंगती र बिचलन आयो र पार्टीको केस र अन्य समितिहरू सबै छिन्नभिन्न भए। केही बर्ष पछि रूसको संशोधनवादको बिरोध र नयाजनवादका पक्षमा पार्टी एकीकरण हुन थाल्यो।

२०२८ मंसीर २० गते काठमांडू मा नेकपा को केन्द्री न्यूकलस गठन गरियो। यसैको आधारमा २०३१ अषाढ १४ गते बनारसमा चौथौ महाधीवेशन सम्पन्न भयो। महामंत्रीमा कामरेड मोहन बिक्रम सिंह नियुक्त हुनु भयो। चौथो महाधीवेशन पछि पार्टीका जनबर्गीय संगठनहरू पुनर्गठन भए। भारतमा चलेको नक्सलवादी आन्दोलनको प्रभाव मा परेर २०२८ मा झापा काण्ड घटाएको दक्षिणपंथी गुटलाइ (अहिलेका एमाले) २०४० शाल कार्तिक गोरखपुर मा सम्पन्न तेस्रो राष्ट्रिय सम्मेलनले निष्कासित गऱ्यो। र पार्टीको नाम ने क पा (मशाल) राख्यो। दक्षिणपंथी अबसरवादका बिरूद्धको संघर्ष पछि पार्टीमा मध्यपंथी भड्काव देखा पऱ्यो। २०४१ मंसीर अयोध्या मा पाँचौ महाधीवेशन सम्पन्न भयो। त्यो महाधीवेशन मा मध्येपंथीहरूले (अहिलेका माअोवादी) नेतृत्वमा कब्जा जमाए। पार्टी मा ठूलो भाडबैलो शुरू भयो। त्यस पछि सच्चा बामपंथि देशभक्तहरूले बिद्रोह गरेर २०४२ को चैत्र २५-२८ मा सम्पन्न चौथो राष्ट्रिय सम्मेलनमा नया केन्द्रीय समितिको गठन गरियो र पर्टीको नाम नेकपा (मसाल) राखियो।

२०४६ को जनआन्दोलन हुदै नेकपा (मसाल) ले २०५१ मा छैठौ महाधीवेशन सम्पन्न गऱ्यो। २०५९ मा नेकप मसाल र एकता केन्द्र संग पार्टी एकता भयो र पार्टीको नाम नेकपा (एकता केन्द्र मसाल) राखियो। पार्टी एकता भएपछि नारायणकाजी श्रेष्ठका गद्धारीका कारण पार्टी मज़बूत हुन सकेन। पार्टीको लखनऊ बैठकमा माओवादीको जनयुद्धलाइ हेर्ने दृष्टिकोणका कारण तिन वटा प्रस्तावहरू आए। जो एमबीजी, प्रकास र राजबिरले प्रतिनिधित्व गरेका थिए। पार्टीमा झन कचिंगल शुरू भयो। २०६२ मंसीर २९-३० सम्म गोरखपुरमा पूर्ब मसालको भेला सम्पन्न भयो। त्यो भेलामा छलफल/भेला गर्ने बिवादले राजबिर पक्षले भेला बहिष्कार गऱ्यो। पहिलो प्रस्ताव एमबी पक्षले पार्टीको कोर्डीनेशन कमिटी गठन हर्यो र एकता केन्द्र संग न सम्बन्ध न सम्बन्ध बिछेधको नीति तय गऱ्यो। २०६३ कार्तिक २४-२५ सम्म नेकपा (एकता केन्द्र मसाल) राष्ट्रीय भेला बुटलमा सम्पन्न भयो। उक्त भेलालो सातौ महाधीवेशन तयारी समिति गठन गऱ्यो। २०६३ फाल्गुन २६-३० सम्म नेपालमा सातौं महाधीवेशन सम्पन्न भयो। उक्त महाधीवेशनले प्रकास पक्ष र राजबिर पक्ष लाइ निष्कासित गरि पार्टीको नाम पुन नेकपा (मसाल) राख्यो। र अहिले पार्टी मज़बूत अबस्थामा चलिरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here