नेविसंघको अप्रजातान्त्रिक गतिविधिप्रति छैठौंद्वारा खेद प्रकट

0
259

माघ २३, बाग्लुङ । अखिल (छैठौं) बाग्लुङका जिल्ला अध्यक्ष इमन्द्रमणि पाण्डे उपस्थित भएको कार्यक्रमप्रति नेपाली काँग्रेस निकट रहेको नेवि संघले हस्तक्षेप गर्दै विथोल्न खोलेको कार्यप्रति अध्यक्ष पाण्डेले एक विज्ञप्ती जारी गरि ध्यानाकषर्ण गराएका छन् ।

विज्ञप्तीमा पाण्डेले जनाएका छन्– “गल्कोट बहुमुखी क्याम्पस इकाई समितिद्धारा आयोजित क्याम्पस इकाई भेलामा प्रमुख अतिथि जिल्ला अध्यक्ष इन्द्रमणि पाण्डे उपस्थित कार्यक्रमको सुरुवात गर्ने क्रममा स्थानिय स्वबियु सत्ताको दम्भ देखाउँदै नेबि संघका जिम्मेवार तहमा बसेका बिद्यार्थी नेताले कार्यक्रम बिथोल्न आक्रमण गर्ने असफल प्रयास गरे तर हाम्रो सङ्गठनका साथीहरुको जुझारु साहस र आँटले कार्यक्रम सम्पन्न भएको छ ।”

सत्ता बाहिरको छटपटी सहन नसकेर नेपाली काँग्रेस तथा नेबि संघले यस्ता हर्कतहरु गरिरहेकोको पाण्डेद्वारा जारि विज्ञप्तीमा उल्लेख छ । दमन र आन्दोलनको इतिहासमा सम्झौताहीन संर्घष गरेर अगाडि बढेको अखिल (छैठौं)का गतिबिधीलाई रोक्न खोज्ने दुश्प्रयास नगर्न समेत विज्ञप्ती मार्फत पाण्डेले चुनौती दिनुभएको छ । यस अघि नेवि संघले राष्ट्रिय जनमोर्चा बागलुङको (छैठौं) जिल्ला सम्मेलनलाई पनि नियोजित प्रकारले असफल पार्न आक्रमणको प्रयास गरेका थियो ।

वक्तव्य

राजनीतिक शैक्षिक तथा सामाजिक परिबर्तनका हरेक आन्दोलनमा अखिल (छैठौं) ले आफुलाई सधै अग्रमोर्चामा उभ्याउन सफल भएको सबैलाई बिदितै छ । अधिकार प्राप्तिको हरेक आन्दोलनमा अखिल (छैठौं) ले आफ्नो सुनौलो रक्त रञ्जित ईतिहास निर्माण गरेको छ । राणाको जहानिया प्रबृतिको अन्त्य गर्न होस् या पञ्चायत कालिन कालरात्रीको अन्त्य । निरंकुश राजतन्त्रको अन्त्य गर्न होस् या प्रजातन्त्र प्राप्तीको हरेक आन्दोलनमा हामी ढृढतापुर्बक आफ्नो पहिचान देखाइरहेका छौं, थप अधिकार प्राप्तिको आन्दोलन र उपलब्धिको लागि निरन्तर सर्घषरत मोर्चा हो ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) जिल्ला समिति, बागलुङले सञ्चालन गरेको बिशेष संगठात्मक अभियानको सन्दर्भमा २०७५ माघ २३ गतेका दिन अखिल (छैठौं) गल्कोट बहुमुखी क्याम्पस इकाई समितिद्धारा आयोजित क्याम्पस इकाई भेलामा प्रमुख अतिथि जिल्ला अध्यक्ष इन्द्रमणि पाण्डे उपस्थित कार्यक्रमको सुरुवात गर्ने क्रममा स्थानिय स्वबियु सत्ताको दम्भ देखाउँदै नेबि संघका जिम्मेवार तहमा बसेका बिद्यार्थी नेताले कार्यक्रम बिथोल्न आक्रमण गर्ने असफल प्रयास गरे तर हाम्रो सङ्गठनका साथीहरुको जुझारु साहस र आँटले कार्यक्रम सम्पन्न भएको छ । यो हाम्रो सङ्गठनप्रति बिद्यार्थीहरुमा आएको उत्साह र उभारदेखि आत्तिएर गरेको हतास मानसिकताको उपज हो । आफुलाई लोकतन्त्र र स्वतन्त्रताको सच्चा हिमायती बताएर नथाक्ने नेबि संघले अन्य राजनैतिक संगठनको गतिबिधी देख्न नसकेर निरङकुश सैलीमा कार्यक्रम भाड्न नियोजित तरिकाले गरेको आक्रमणको प्रयास हो । उक्त निन्दनीय कार्यप्रति अखिल छैठौं जिल्ला समिति बागलुङ खेद प्रकट गर्दछ । लोकतन्त्रमा सबै संघ संगठनहरुले आप्mना गतिबिधीहरुलाई स्वतन्त्रपुर्वक सञ्चालन गर्न पाउने हेक्का समेत नभएका नेबि संघका जमातहरुले यस अघि राष्ट्रिय जनमोर्चा बागलुङको (छैठौं) जिल्ला सम्मेलनलाई पनि नियोजित प्रकारले असफल पार्न आक्रमणको प्रयास गरेका थिए । सत्ता बाहिरको छटपटी सहन नसकेर नेपाली काँग्रेस तथा नेबि संघले यस्ता हर्कतहरु गरिरहेका छन् । दमन र आन्दोलनको इतिहासमा सम्झौताहीन संर्घष गरेर अगाडि बढेको अखिल (छैठौं)का गतिबिधीलाई रोक्न खोज्ने दुश्प्रयास नगर्न चुनौती दिन चाहन्छौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here