नेपाल सम्वृद्ध भए मात्र नेपालीहरु शुखी रहन सक्छन् : जानेएस

0
1885

टोकीयो । नेपाल सम्वृद्ध भएमा मात्र नेपालीहरु समृद्ध हुन सक्ने जापान नेपाली एकता समाजले बताएको छ । सालको पहिलो दिन सम्पन्न प्रथम राष्ट्रिय सम्मेलन पश्चात जारि विज्ञप्तीमा समाजले सो धारण जारि गरेको हो ।

नेपालबाट जापान आई विभिन्न पेशा व्यवसाय, रोजगार र अध्ययनमा संलग्न रहने सम्पूर्ण नेपालीहरुको अभिभावकिय सामाजिक संगठन जापान नेपाली एकता समाज भरपर्दो सारथी वन्दै गइरहेको सम्मेलन पश्चात जारि विज्ञप्तीमा उल्लेख छ । जापानमा क्रियासिल सम्पुर्ण नेपालीहरुलाई एकताको सुत्रमा वाध्न महत्वपुर्ण भुमिका निर्वाह गरेको प्रथम राष्ट्रिय सम्मेलनले ठहर गरेको छ ।

“नेपाल सम्वृद्ध भए मात्र नेपालीहरु संसारको जुन कुनामा रहे पनि सुखी रहन सक्नेछन भन्ने तथ्यलाइ आत्मसाथ गर्दै सदा अघि वढिरहने प्रतिवद्धता पनि हामी यो अवसरमा व्यक्त गर्न चाहान्छौं । यसर्थ आगामी दिनमा पनि जापान नेपाली एकता समाजले नेपालमा चल्ने जनतान्त्रीक, प्रगतिशिल तथा देशभक्तीपूर्ण आन्दोलन संगको आफ्नो सामिप्यता जारी नै राख्ने छ । हामी नेपालमा चल्ने जनतान्त्रीक आन्दोलनलाइ सहयोग गर्दै उपस्थितीका लागि पनि दृढरत रहने प्रतिवद्धता समेत जनाउन चाहान्छौ ।”

समाजको ऐतिहासिक प्रथम राष्ट्रिय सम्मेलनमा उपस्थित प्रमुख अतिथि ज्यु, विभिन्न संघ संस्थाबाट पाल्नु हुने अतिथिहरु, नेपालबाट आउनु भएका अतिथी कलाकारहरु, रक्तिम साँस्कृतिक अभियान जापानका कलाकारहरु, प्रतिनिधी, पर्यवेक्षक एंव सहभागी सम्पुर्ण दर्शकजनहरुलाई विज्ञप्ती मार्फत धन्यवाद प्रकट समेत गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here