नेपाल र चीनबीच भएको व्यापार तथा पारवाहन सम्झौतालाई मसालद्वारा स्वागत

0
147

काठमाडौं/ नेपाल कम्युनिस्ट पार्टी (मसाल)ले नेपाल र चीनबीच भएको व्यापार-पारवहन सम्झौतालाई स्वागत गरेको छ । मसालका महामन्त्री मोहनविक्रम सिंहले बुधबार एक वक्तव्य जारी गर्दै उक्त सम्झौताको स्वागत गरेका हुन् ।

महामन्त्री सिंहद्वारा हस्ताक्षरित उक्त वक्तब्यमा भनिएको छ- “नेपाल तीनतिरबाट भारतबाट घेरिएको र त्यसले (भारतले) बारम्बार नाकाबन्दी लगाउने गरेको पृष्ठभूमिमा चीनसित भएको व्यापार–पारवहनसम्बन्धी सम्झौता नेपालको राष्ट्रिय हितमा हुनेछ र त्यसद्वारा नेपालमाथिको भारतको प्रभूत्वलाई कम गर्न पनि महत्वपूर्ण योगदान दिनेछ भन्ने हाम्रो पार्टीको ठहर छ ।” साथै महामन्त्री सिंहले वक्तब्यमार्फत उक्त सम्झौताको सीघ्र र प्रभावशाली कार्यान्वयनका हलागि जोड दिएका छन् ।

राष्ट्रपति विद्याभण्डारीको चीन भ्रमणको अवसरमा चीन र नेपालका बीच व्यापार तथा पारवहनसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here