नेपाल र क्यानडाबीच समझदारी पत्रमा हस्ताक्षर

0
200

न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोबीच आज संयुक्त राष्ट्र सङ्घको मुख्यालयमा भेटवार्ता सम्पन्न भएको छ । भेटवार्ताका क्रममा प्रधानमन्त्री ओली र क्यानडाका समकक्षी ट्रुडोले दुई मुलुकबीच दुईपक्षीय परामर्श संयन्त्र स्थापना गर्नेबारे समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

समझदारी पत्रबाट दुई मुलुकबीचको सम्बन्धका आयाममा परामर्श गर्ने मार्ग खुल्ला भएको छ । समझदारी पत्रमा हस्ताक्षर गर्नु अघि प्रधानमन्त्री ओली तथा क्यानडाका समकक्षी ट्रुडोबीच छलफल भएको थियो । सो अवसरमा प्रधानमन्त्री ओलीले दुई मुलुकबीच १९६५ मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि उच्च स्तरमा भेटवार्ता भएकोमा खुशी व्यक्त गर्दै नेपाल र नेपाली जनतालाई क्यानडा सरकार र क्यानडाका जनताका तर्फबाट प्राप्त सहयोग तथा भू–कम्पपछिका समयमा भएका सहयोगका लागि धन्यवाद दिए ।

क्यानडाका प्रधानमन्त्री टुंडोले प्रधानमन्त्री स्तरमा भेटवार्ता गर्न पाउँदा र गहिरो द्विपक्षीय सम्बन्ध स्थापना गर्न पाउँदा खुशी व्यक्त गरे । संयुक्त राष्ट्र सङ्को महासभाको त्रिहत्तरौँ अधिवेशनमा भाग लिन दुबै मुलुकका प्रधानमन्त्री यहाँ आइपुगेका हुन् ।

उक्त अवसरमा परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवाली, प्रधामन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, क्यानडाका लागि नेपाली राजदूत काली प्रसाद पोखरेल, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, परराष्ट्र मन्त्रालयका प्रवक्ता तथा सहसचिव भरतराज पौडेल, शिष्टाचार महापाल दीपक अधिकारी उपस्थित थिए ।
–(एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here