नेपाल पत्रकार महासंघ महासंघको आन्दोलनमा भारत शाखाको ऐक्यवद्धता

0
65

नयाँ दिल्ली । “ताण्डव न्यूज” साप्ताहिक तथा www.tandavnews.com का सम्पादक अर्जुन गिरीलाई “विपेन्द्रराज बतास ठगी प्रकरणको समाचार” लेखे वापत प्रहरीले पक्राउ गरि पत्रकारहरुको तीब्र दबावमा रिहा गरिए पनि विद्युतीय कारोबार ऐन (साइबर क्राइम एक्ट) अन्तर्गत कारवाही प्रक्रिया अघि बढाइएकोप्रति नेपाल पत्रकार महासंघ, भारत शाखाको गम्भीर ध्यानाकर्षण भएको बताएको छ । भारत शाखाका महासचिव अर्जुन खनालले बुधबार एक विज्ञप्ती प्रकाशित गरि उक्त विषय माथि आफूहरुको ध्यानाकर्षण भएको बताएका छन् ।

खनालले विज्ञप्ती मार्फत विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ अन्तर्गत पत्रकारलाई पटक–पटक प्रहरीले पक्राउ गरि निर्वाध प्रेस स्वतन्त्रता उपभोगमा अवरोध खडा गर्दै प्रेस स्वतन्त्रतालाई निस्तेज बनाउने काम बढेपछि पत्रकार महासंघ आन्दोलनमा उत्रिएको छ, महासंघको उक्त आन्दोलनप्रति नेपाल पत्रकार महासंघ, भारत शाखाले ऐक्यवद्धता प्रकट गरेका छन् ।

विद्युतीय कारोबार ऐनको दर्फा ४७ र ४८ को खारेजी एवं पत्रकार अर्जुन गिरी सहित पक्राउ गरिएका पत्रकारको बिनाशर्त रिहाईको लागि नेपाल पत्रकार महासंघ, भारत शाखाले जोडदार मागलाई समेत विज्ञप्तीमा खनालले उठाएका छन् ।

त्यस्तै नेपाल समाचार पत्र दैनिकका प्रधान सम्पादक तथा बरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठको असामयीक निधनप्रति शोक जताउँदै नेपाली पत्रकारिता जगतमा अपुर्णीय क्षति पुगेको खनाले अर्को विज्ञप्तीमा उल्लेख गरेका छन् ।
विज्ञप्ती मार्फत कामना प्रकाशन समुहका अध्यक्ष समेत रहेका पत्रकार पुष्करलाल श्रेष्ठप्रति नेपाल पत्रकार महासंघ, भारत शाखा श्रद्धाञ्जली प्रकट गर्नुका साथै उहाँका शोक सन्तप्त परिवारजन प्रति समवेदना प्रकट गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here