नेपाल आईडलका निशान भट्टराईले निकाले नयाँ गति ‘भुन्टी, एलिशा राईसँगै निशानको पनि दमदार अभिनय (भिडियो)

0
362

चर्चित रियालिटि सो नेपाल आईडलको पहिलो सिजनका रनरअप निशान भट्टराईले भुन्टी नामक नया गित तथा म्युुजिक भिडियो सार्बजनिक गरेका छन । यस गितमा निशान आफै भुन्टेको रुपमा देखा परेका छन भने उनलाई भुन्टिको रुपमा चर्चित नायिका तथा मोडल एलिशा राईले साथ दिएकि छिन । बिशुद्द लोकपप शैलि तथा मिस्टर आरजे को उत्कृष्ट संगित तथा निशानको जादुमयी स्वर तथा नृत्यले उत्कृष्ट बनाउन मदत गरेको भिडियो तथा गितमा देख्न सकिन्छ ।

यस भिडियोको गीतलाई गीतकार राजेन्द्र भट्ट ‘मिस्टर आरजे’ले लेखेका हुन भने संगीत पनि उनी स्वयंले भरेका छन । भिडियोलाई टेकेन्द्र साहले निर्देशन तथा सम्पादन गरेका छन । रामकुमार केसीले छायाङ्कन गरेको यस भिडियोलाई मनोज बस्नेतले निर्माण गरेको कुरा निशान भट्टराईका ईभेन्ट म्यानेजर अभिनव शर्माले जानकारि दिएका छन ।
पूरा भिडियो हेर्न तलको युटुब लिंकमा जानुहोला ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here