नेपाली युवतीको शव संदिग्ध अवस्थामा फेला पर्यो

0
509

खिमराज चालिसे

चंडीगढ़, १० फरवरी । सल्यान जिल्लाकी २० वर्षिय एक नेपाली चेली हरियाणा राज्यको पञ्चकुलामा संदिग्ध अवस्थामा मृत फेला परेकी छिन् । उनले पंचकूला शहरको वसन्त इंकलाब सेक्टर २ स्थित एक घरमा घरेलु कामदारको रुपमा कार्यरत थिइन् ।

प्राप्त जानकारी अनुसार मृतक मिनाक्षी स्वदेशमा सल्यान जिल्ला, बागचौर नगरपालिका वा नं १२ स्थायी निवासी स्व. पिता विरु तथा आमा लक्ष्मीकी छोरी हुन् । मिनाक्षी विगत ४ महिनादेखि सो घरमा कार्यरत थिइन् । मिनाक्षीकी आमा हिमाचलको शिमला जिल्ला अन्तर्गत समर हिलमा रहँदै आएकी छिन् ।

मिनाक्षीले ९ फरवरीका दिन घरको छतको पंखामा चुन्नीको पासो लगाएर आत्महत्या गरेको स्थानीय पुलिस प्रशासनले दिएको जानकारी दिएको छ । हाल शवलाई सेक्टर ६ जनरल अस्पतालमा राखिएको थाहा प्रशासनले बताएको छ ।

घटनाको जानकारी प्राप्त हुनासाथ १० फरवरीका दिन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, नेपाली वेलफेयर सोसाइटी चण्डीगढ़, प्रवासी नेपाली संघ भारत, नेपाली एकता मञ्च लगायतका विभिन्न नेपाली संघ संस्थाहरुका प्रतिनिधिहरु अस्पताल पुगी जाँचवुझ र घटनाको प्रकृती बारे जायजा लिएका थिएका थिए ।

आत्माहत्या गरेको स्थल तथा विभिन्न पहलुको अनूशंधान गर्दा मालिकले शव तल उतारेर हस्पीटलसम्म पुराएको र घटना स्थल वाहेक घरको अन्यत्र स्थानमा सिसिटिभी रहेको, मालिकले पोष्टमार्टम समेत गर्न नपर्ने तर्क राखेको, आदि कैयन पहलु माथी विचार गर्दा मिनाक्षीको मृत्यु वा हत्या संदिग्ध रहेको नेपाली वेलफेयर सोसायटीका खिमचन्दले बताए । अन्य सबै संघ संस्थाहरुका प्रतिनिधिले सुष्म तरिकाले जाँचवुझ गर्न स्थानीय प्रशासनको ध्यान केन्द्रित समेत गराउँदै दबाव दिएपछी मात्र शवको पोष्टमार्टम गरिएको छ ।

पोष्टमार्टमको रिपोर्ट भोली सोमबारका दिन आउने बताइएको छ । स्वदेशबाट मृतक मिनाक्षीका दाजु आयपछि आवश्यक छानविनका लागि नेपाली संघ संस्थाहरु अगाडि बढ्ने मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका क्षेत्रीय सदस्य प्रेम आचार्यले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here