नेपाली भुमी अतिक्रमण विरुद्ध भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ज्ञापनपत्र

0
103

बार्सिलोना । स्पेनमा रहेका नेपालीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ज्ञापनपत्र पठाएका छन् । मंगलबार चार संगठनले संयुक्तरुपमा स्पेन स्थित भारतीय दूतावासमार्फत र सिदै दिल्ली स्थित प्रधानमन्त्री कार्यालयको ठेगानामा उक्त ज्ञापनपत्र प्रेषित गरेका हुन् ।

सुगौली सन्धिले स्पष्टरुपमा सीमा निर्धारण गरेर काली(महाकाली)नदी पूर्व को जग्गा नेपालको गरेको स्पष्ट हुँदा हुँदै भारतले नेपालको कालापानी लिपुलेक र लिम्पियाधुरा क्षेत्र अतिक्रमण गरेको भन्दै नेपाली संगठनहरुले विरोध जनाएका हुन् । उनीहरूले उक्त अतिक्रमित भूमि फिर्ता गर्न आग्रह मोदी सरकारलाई आग्रह गरेका छन् ।

गैरआवासीय नेपाली सङ्घ स्पेनका अध्यक्ष दिनेश गुरुङ, नेपाली जनसम्पर्क समिति स्पेनका अध्यक्ष ईन्द्रप्रसाद शर्मा र प्रवासी नेपाली एकता मञ्च स्पेनका अध्यक्ष हेम सेर्पा र स्पेन नेपाली एकता समाजका अध्यक्ष दुर्गा शर्माको हस्ताक्षर रहेको उक्त ज्ञापनपत्रमा उनीहरूले‌ सार्वभौमसत्तासम्पन्न राष्ट्र नेपालसँग समानताको आधारमा व्यवहार गर्न र नेपालको भौगोलिक अखण्डतामाथी हस्तक्षेप नगर्न आग्रह गरेका छन ।

१८१६ को सुगौली सन्धि नै नेपाल र भारतको पश्चिमी सीमा भएको उल्लेख गर्दै उनीहरूले भनेका छन्– ‘त्यो सन्धिअनुसार लिम्पियाधुरा, कालापानी, लिपुलेक नेपालकै हुन्छ ।’ उनीहरूले अगाडि भनेका छन्– ‘अप्रैल २४, १८५६ को नक्साले पनि यो भूमि नेपालकै भएको ठहर्छ ।’ उनीहरूले दुई देशविच उच्चस्तरीय राजनीतिक तहमा छलफल गरेर सीमा समस्या तत्कालै समाधान गर्न समेत आग्रह गरेका छन् ।

ज्ञापनपत्र पेषित गर्नुपूर्व बार्सिलोनामा एक बिरोध सभा समेत सम्पन्न गरिएको थियो । सभामा स्पेन नेपाली एकता समाजका अध्यक्ष दुर्गा शर्मा, प्रवासी नेपाली एकता मञ्च स्पेनका अध्यक्ष हेम सेर्पा, नेपाली जनसम्पर्क समिति स्पेनका अध्यक्ष ईन्द्रप्रसाद शर्मा र गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषदका सदस्य चिन्तामणि सापकोटाले सम्बोधन गर्नुभएको थियो ।

कार्यक्रमको अध्यक्षता गैरआवासीय नेपाली सङ्घका अध्यक्ष देउ गुरुङ र संचालन महासचिव उमराज ढकालले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here