नेपाली जनसम्पर्क समिति स्पेनद्वारा आयोजित शुभकामना आदानप्रदान तथा वृहत सांस्कृतिक कार्यक्रम तयारी पूरा

0
134

बार्सिलोना/  नेपाली जनसम्पर्क समिति स्पेनले नयाँवर्षको दिन पारेर गर्न लागेको शुभकामना आदानप्रदान तथा वृहत सांस्कृतिक कार्यक्रमको तयारी पूरा भएको अध्यक्ष ईन्द्र शर्माले जनाएका छन् ।

आफ्नो स्थापना कालदेखी गर्दै आइरहेको नेपाली नयाँ वर्षको शुभकामना आदानप्रदान तथा सास्कृतिक कार्यक्रम यो वर्ष पनि नेपाली नयाँ वर्षकै दिन गर्न लागिएको हो । नेपाली कला सँस्कृतिको प्रचारप्रचार र जगेर्ना गर्न, साथै स्पेनमा बसोबास गर्ने नेपाली दाजुभाइ दिदीवहीनीहरुमा आपसी सम्बन्ध स्थापित गरि नेपाली मौलिकता लाई जोगाई राख्न मद्दत पुगोस् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको शर्माले बताए ।

कार्यक्रममा नयाँ वर्षको शुभकामना आदानप्रदानका साथै चर्चित कलाकार पिर्ती आले र कृष्ण काफ्लेको सांस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ । यसैगरी लोक दोहोरी प्रतिष्ठान यूरोप , इनास स्पेन र नेपाली पाठशाला बार्सिलोनाको पनि प्रस्तुति रहने जनाइएको छ । साथै कार्यक्रममा स्पेनमा कार्यरत बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुलाई पनि आमन्त्रण गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here