नेपाली क्रिकेटको भविष्यका पूर्ण आशाका खेलाडी ‘सन्दिप’

0
632

काठमाडौं । भारतमा भैरहेको चर्चित प्रिमियर लिग आइपीएलमा नेपाली क्रिकेटर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेपछि सनसनी मच्चाएका छन् ।

युवा स्पिनर सन्दीप लामिछानेले निकै राम्रो खेल प्रदर्शन गरेपछि उनी निकै चर्चित बनेका हुन् । शुक्रबार राति भएको खेलमा उनले एक विकेट लिन सफल भए ।

४ ओभरमा सन्दीपले २१ रनमात्रै खर्चेर १ विकेट लिएका थिए । दोस्रोपटक खेल मैदानमा आएका सन्दीपले हिजो भएको खेलमा चेन्नई सुपरकिंग्सविरुद्ध खेलेका थिए ।

चेन्नइ सुपरकिंग्स विरुद्ध खेलेका सन्दीपले तेस्रो ओभरको पहिलो बलमै सुरेश रैनालाई आउट गर्न सफल भए । उनले विश्वकै सुपरस्टार मानिने खेलाडी विरुद्ध उत्कृष्ट प्रदर्शन गर्न सफल भए । भारतीय क्रिकेट कमेन्टेटरले सन्दीपको निकै बेर चर्चा गरेका थिए । कम उमेरका खेलाडीले निकै राम्रो बलिङ गरेको भन्दै उनी चर्चित बनेका छन् ।

यसअघि बैंग्लोरविरुद्ध डेब्यू गरेका सन्दीपले ४ ओभरमा २५ रन खर्चेर १ विकेट लिएका थिए ।
आइपीएलमा सन्दीप दोस्रो पटक खेलेका छन् । दुई खेलमा दुई विकेट लिन सफल उनले यसअघि बैंग्लोरका पार्थिव पटेलको विकेट लिएका थिए । योसँगै विश्वका ठूला क्रिकेटरको सन्दीपमा आँखा परेको छ ।

क्रिकेट खेलमा राम्रा दखल पुर्याउने व्यक्तित्वहरुले सन्दिप नेपाली क्रिकेट जगतको लागि आश लाग्दो चेहेरा भएको बताएका छन् । उनीहरुका अनुसार सन्दिप जस्तै अरु २–४ खेलाडीहरुको उदयभएमा नेपाली क्रिकेट क्षेत्रको भविष्य अत्यन्तै राम्रो भएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here