नेपाली एकता समाज युएईले शुभकामना कार्यक्रम गर्ने

0
707

युएई । नेपाली एकता समाज केन्द्रीय समिति र युएई नेपाली एकता समाज महिला विभागको संयुक्त आयोजनामा दशैं तथा शुभ दिपावलिको शुभकामना आदानप्रदान कार्यक्रम गर्ने जानकारी हुन आएको छ ।

युएइ नेपाली एकता समाजका केन्द्रीय कार्यवाहक अध्यक्ष जय विकले दिनु भएको जानकारी अनुसार शुभकामना आदानप्रदान कार्यक्रम आगामी १९ अक्टोबरका दिन वर दुबईमा सम्पन्न हुने छ ।

युएईमा रहेका सम्पुर्ण भातृसंगठनका पदाधिकारी एवं सामाजिक संघ संस्थाका प्रमुखहरु, पत्रकार लगायत युएइमा रहेका श्रमजीवी मजदुर आमा–बुबा दाजु–भाइ दिदी–बहिनीहरुलाई उपस्थितिको लागि कावा अध्यक्ष विकले अनुरोध गर्नु भएको छ ।

कार्यक्रमको अवसरमा नेपाली खानपिनको पनि ब्यावस्था रहेको विकले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here