नेपालमा संघीयता असफल भइसक्यो : कार्की

0
502

भाद्र १५, दाङ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य सोमकुमार कार्कीले नेपालमा संघीयताला असफल भैसकेको बताउनु भएको छ । “राष्ट्रिय जनमोर्चा दाङले आज घोराहीमा संघीयता खारेज गर, चर्को कर वृद्धि फिर्ता गर” भन्ने मूल नाराका साथ सम्पन्न प्रदर्शन तथा बिरोध सभालाई सम्बोधन गर्दै कार्कीले सो धारणा दिनुभएको हो ।

“संघीयता कार्यान्वयनको नाममा जनताको ढाड सेक्ने गरि कर वृद्धि गर्नुले नै नेपालमा संघीयता सहि नभएको प्रमाणित भइसक्यो ।” कार्कीले भन्नु भयो– “अब पनि शासकहरुका कान नखुल्ने हो भने संघीयताकै कारण देशको अस्तित्व समेत गुम्ने छ ।” देश र जनतालाई बर्वाद गर्ने संघीयता देशलाई आवश्यक नपरेको कार्कीले बताउनु भयो । विश्वका अरु देशहरुको परिवेशमा संघीयता आवश्यक रहेपनि हाम्रो जस्तो विविधता युक्त देशका लागि आवश्यक नरहेको कार्कीको भनाई थियो ।

“बर्तमान ओलि सरकार पञ्चायती सैलीलाई नै निरंतरता दिएको छ ।” अर्को प्रसङ्गमा बोल्दै– “सरकारले पुँजीपतिलाई कर छुट गर्ने र गरिब किसानलाई कर वृद्धि गर्ने कुराले यसको चरित्र उदाङ्गिएको छ ।”

कार्कीले अगाडि भन्नु भयो– “वर्तमान सरकारले सिन्डिकेट तोड्न सक्दैन, भ्रष्टाचारीलाई कार्बाही गर्न सक्दैन, बलात्कारीलाई कार्बाही गर्न सक्दैन, सुन तस्करीलाई कार्बाही गर्न सक्दैन, हत्यारालाई कार्बाही गर्न सक्दैन । अनि यो सरकारबाट जनताले के आसा गर्ने ?”

राष्ट्रिय जनमोर्चा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेकपा (मसाल)का जिल्ला प्रबक्ता भरत भण्डारी, राष्ट्रिय जनमोर्चा केन्द्रीय सदस्य कमला जिसि, अखिल नेपाल बुद्धिजीवी संघका पुर्ब महासचिव शशिधर भण्डारी, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सदस्य रामबहादुर घर्ती, अखिल नेपाल युबक संघका केन्ऽीय सदस्य चित्र एमसि लगायतले मन्तब्य राख्नु भएको थियो ।

जिल्ला सचिब वसन्त पौडेलको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन जिल्ला सदस्य शुक्रराज भण्डारीले गर्नु भएको थियो ।

पार्टी अफिसबाट सुरु भएको प्रदर्शन बजार परिक्रमा गरि तुलसिपुर चोकमा पुगि सभामा परिणत भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here