नेपालमा जीत, भारत खुशीयाली

0
448

नई दिल्ली, २५ माघ । अखिल भारत नेपाली एकता मञ्च र प्रवासी नेपाली संघ भारतले भारतको राष्ट्रिय राजधानी क्षेत्र फरीदावादमा खुशीयाली मनाउने भएका छन् । नेपालमा वाम गठबन्धनले प्रतिनिधि सभा र प्रदेश सभामा बहुमत ल्याएको खुशीयालीमा सो सभा गरिन लागेको एकता मञ्चका आरवि खड्काले हामीलाई जानकारी दिए ।

आरवी खड्काले फोन मार्फत हामीलाई बताए “फरीदावाद स्थित नेपाली मन्दिरमा ११ फेब्रुअरीका दिन दिउँसो १ बजेबाट संयुक्त रूपमा विजय उत्सव मनाउने छौं ।”

देशका दुइ वाम पार्टीका भारतमा रहेका भातृ संगठनहरूले आयोजना गर्ने उक्त कार्यक्रममा विभिन्न साँस्कृतिक झाँकी समेत प्रस्तुत गरिने समाचार छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here