नेता कार्कीद्वारा दिवंगत आमाको नाममा जेहेन्दार विद्यार्थी छात्रवृत्ति अक्षयकोष

0
104

बाँके । राष्ट्रिय जनमोर्चाका युवा नेता गौरीलाल कार्कीको आमाको दिवंगत भएको १३औं दिनका अवसरमा बुधबार राष्ट्रिय जनमोर्चा बाँकेले शोक स्मृति कार्यक्रम सम्पन्न भएको छ ।

राजमो बाँके अध्यक्ष भिमप्रसाद देवकोटाको अध्यक्षता र रक्तिम सांस्कृतिक अभियान केन्द्रिय उपाध्यक्ष मानबहादुर भण्डारीको संचालनमा सम्पन्न उक्त कार्यक्रममा अखिल नेपाल सुकुम्बासी संघका अध्यक्ष तुल्सीराम सापकोटा, अखिल नेपाल जनजाति सम्मेलनका महासचिव रामबहादुर बुढा सहित बाँकेका सम्पुर्ण जनवर्गीय संगठनका साथीहरू, छरछिमेक र हाम्रो सम्पुर्ण परिवारको सहभागिता रहेको थियो ।

सोही शोकसभामा नेता कार्कीले आफ्ना बुबा गज कार्की र दिवंगत आमा धना कार्की दुबैजनाको संयुक्त नाममा अक्षयकोष राख्ने घोषणा गर्नु भएको छ । उहाँले कनका सुन्दरी गाउँ पालिका वार्ड नम्बर ७ रानिसैनमा रहेको श्री मालिका माद्यामिक विद्यालयमा रु.१,११,१११/- ( अक्षरुपी एक लाख एघार हजार एक सय एघार मात्र ) राशिको अक्षय कोषको स्थापना गर्ने निर्णय सार्वजनिक गर्नुभएको हो । यस रकमबाट प्रत्येक वर्ष प्राप्त हुने ब्याज उक्त विद्यालयमा एस.ई.ई. परिक्षामा उत्कृष्ट अंक ल्याउने छात्रा वा छात्रलाई “गजधना” पुरस्कार स्वरुप प्रदान गरिने उहाँले जानकारी दिनुभयो ।

भविष्यमा देशको शैक्षिक नीति अनुसार एस.ई.ई. रद्द भएको खण्डमा यस स्कुलको सबैभन्दा माथिल्लो कक्षाको उत्कृष्ट छात्रा वा छात्रले उक्त पुरस्कार पाउने उहाँले बताउनुभयो । उक्त अक्षयकोष स्थापनाको आवश्यक सम्पुर्ण कानुनी प्रक्रिया पुरा गरि आगामी २०७७ साल बैशाख २२ गते हुने उक्त विद्यालयको वार्षिकोत्सब तथा अभिभावक भेलामा स्वयं आफैं उपस्थित भइ उक्त रकम हस्तान्तरण गर्ने पनि उहाँले जानकारी दिनुभयो ।

नेता कार्कीले शोकाकुल घडीमा दिवंगत आमाप्रति श्रद्धाञ्जली र आफ्नो भावविह्वल परिवारप्रति समवेदना सबैमा हार्दिक कृतज्ञता प्रकट गर्नु भएको छ ।

उहाँले विद्यमान परम्परागत रुढीवादी मृत्यु संस्कारलाई अवलम्बन नगरेर प्रगतिशील विचार र आचरणलाई व्यवहारिक प्रयोग गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here