नेटवर्किंग व्यापार या शोषण ?

0
274
  • खिमराज चालिसे, चंडीगढ़

पुँजीवादी सामाजिक संरचनाले प्रत्येक व्यक्तिका सोंच विचार र कार्यशैलीमा पनि अप्रत्याशित अन्तर ल्याइदिएको छ । समाजमा सबैलाई आर्थिकरुपमा जीवनस्तर सुधार्ने र सम्पन्न बन्ने सपना त हुन्छ नै मसँग एउटा सानो घर होस्, एउटा मोटर साइकल या गाडी होस्, मेरा छोरा–छोरीहरुले राम्रो स्कूलमा पढुन् अनि समाजमा मेरा छोरा–छोरीहरुको विवाह भव्य र सभ्यरुपमा गर्न सकियोस् । अझ विदेश भ्रमण गर्न ऋण खोज्न नपरोस् र अरुलाई सहयोग गरि सामाजिक कार्यहरु पनि सकियोस् । राम्रो लगाउन मिठो मसिनो खान र विमार हुँदा औषधी उपचार सजीलै गर्न सकियोस्, यस्तै–यस्तै सपनाहरु बोकेर हिंडिरहेका हुन्छौं हामीहरु ।

अनि हामीलाई हाम्रा यी सपना पुरा गर्न धन पैसाको नै आवश्यकता हुन्छ । धन विना हामीले कुनै पनि आवश्यकता पुरा गर्न सक्दैनौं । त्यहीकारण मानव जीवनको एक अभिन्न अंग भएको छ धन । यसरी धनपैसा अनिवार्य आवश्यकता बनेको कुरा सवैलाई थाहै छ र आफ्नो आवश्यकता पुरा गर्न धन कमाउनै पर्छ अनि धन २ प्रकारबाट कमाउन सकिन्छ ।

१) जागीर वा श्रमगरेर २) व्यापार गरेर

जागीर अथवा श्रमः आय वहुसंख्यक मानिसहरुले जागीरलाई जीवीकोपार्जनको मुख्य पेशाको रुपमा अंगालेको पाइन्छ । कम जोखिम हुने लगानी लगाउनै नपर्ने हुँदा विश्वमा अधिकांश मानिसहरु जागीरमा संगल्नता छन् । यो आयको पहिलो श्रोत हो ।

व्यापारः जागीर वा श्रम गरेर वाहेक आय आर्जन गर्ने अर्को बाटो व्यापार नै हो । जसबाट मानिसहरुको जीवनमा छिट्टै आर्थिक परिवर्तन गर्न सकिने संभावना रहन्छ । हुन त यो बाटो आर्थिक जोखिमपुर्ण पनि हुन्छ तर पनि आजको युगमा व्यापारमा धेरै युवायुवतीहरुको आकर्षण रहेको छ । व्यापार पनि विभिन्न प्रकारको हुन्छ । हामी सामान्यत ४ प्रकारको व्यापारको पाउँछौं ।

१. परम्परागत व्यापार
२. कार्पोरेट व्यापार
३. फ्रेन्चाइज व्यापार
४. नेटवर्क व्यापार

जसमध्ये हामी नेटवर्क व्यापार बारे संक्षिप्तमा चर्चा गर्ने कोशिस गर्ने छौ । सर्वप्रथम नेटवर्क भनेको के हो ? नेटवर्कको शाब्दीक अर्थ भन्ने हो भने सञ्जाल भन्ने वुझिन्छ । सञ्जाल भनेको एउटा ग्रुप अथवा झुण्ड हो, जो एक आपसमा आवद्ध भएर अथवा जोडिएर वसेका हुन्छन् तथा आ–आफ्नो ठाउँबाट एउटै कार्यलाई अगाडि रहेका हुन्छन् । अर्को अर्थमा यो व्यापार साम्राज्यवादी अर्थनीति अन्तर्गत वैश्विक अर्थव्यवस्था माथी कब्जा गर्ने दिर्घकालिन नीति नै मुलत नेटवर्क व्पापारको मुख्य उदेश्य हो ।

नेटवर्क व्यापार के हो ?

प्रत्येक्ष विक्रीको अवधारणा अनुसार एउटा सञ्जाल मार्फत सामानहरु विक्री वितरण गर्ने र आप्mनो सञ्जाल भित्रका पनि थोरै ग्राहकहरुलाई मात्रै फाइदा पुराउँदै ति ग्राहकहरुलाई नै बढी अवसर दिएर व्यापार गर्ने प्रणाली नै नेटवर्क व्यापार प्रणाली हो । एक तथ्यांक अनुसार नेटवर्क व्यापार विश्वका १९२ राष्ट्रमा क्रियाशील छ र करिव ३२००० जना शेयर होल्डर छन् । भारतका अभिनेता अमिताभ बच्चन जस्ता व्यक्ति पनि एमवे नेटवर्किंगका एउटा शेयर होल्डर हुन् ।

नेटवर्किंग व्पापारले कसरी गर्छ शोषण ?

संसारभरका श्रमजीवी जनता खासगरि जो निम्न तथा मध्यम वर्गीय परिवारसँग सम्बन्ध राख्दछन्, उनीहरु मध्ये पनि धेरै युवायुवतीहरुको सपना छिट्टो सम्पन्नशाली बन्ने हुन्छ । अनि त्यो सुन्दर सपनाको साकार हुने लक्षण नेटवर्किंग व्यापारद्वारा आयोजित क्लास तथा सेमिनारमा अति चिप्ला र आकर्षित पारेर दिइने प्रशिक्षणहरुमा देख्न पुग्छन् र उनीहरु नेटवर्किंग विजनेसमा प्रवेश गरी सुन्दर भविष्य निर्माण गरिन सकिने कल्पनामा छलाङ मार्न पुग्दछन् । अनि सञ्जालमा पस्दछन् ।

तर सञ्चालकहरुलाई भने सधै निरन्तर नेटवर्क सञ्जालमा ग्राहकहरु जोडी रहने एउटै कार्यशैली केही समय पछि अप्ठारो पर्छ । जस्ले गर्दा नेटवर्किंग व्पापारीहरुको कार्यशैली पनि समय समयमा परिवर्तन भई नै रहेको हुन्छ । केहि वर्षदेखि नेटवर्क विजनेसले स्वास्थ्यको नाममा विभीन्न औषधि जन्यवस्तुहरु, फुड सप्लीमेन्ट्रि, अर्गानिक फुड, चिया, काफी, तेल, घीउ, लगायत सयौं खाद्यपदार्थ । तुथपेष्ट, व्रस, कास्मेटिक सामान, लत्ताकपडा, फर्नीचर, घडि, जुत्ता समेत एक व्यक्ति वा परिवारलाई चाहिने सबै सामानहरु नेटवर्किंग व्यापार मार्फत वेचिरहेका छन् । स्वास्थ्यकर जीवनको मिठामिठा सपनामा लाखौंलाख दुखी गरिबहरुको दिनानुदिन प्रवेश भै रहेको छ, तर त्यो भ्रम पनि चिर्दै कैयनले नेटवर्क व्यापारप्रति व्यापक असन्तुष्टी पनि प्रकट गरेका छन् । कैयन नेटवर्क कम्पनी खोल्ने र रजिस्ट्रेशन गरेको छोटो समय मै लाखौं रुपैयाँ कमाएर बन्द गर्ने गरेको पृष्ठभूमिमा ठुला भनाउँदा नेटवर्क व्यापार सञ्जाल भारतको आरसिएम, एफ. आई. सी. नेपालका गोल्डन कोइन, हर्वो समेतले व्रमलुट मच्चाउने र खाली सामान्य जनताको चेतना स्तरबाट फाइदा लिने र सिमित व्यक्तिहरु धनाढ्य बन्ने गरेको तथ्यमाथी ध्यान दिंदा पनि यस्ता व्यापारको पर्दाफास धेरैमात्र चेतना तथा विवेकको प्रयोगले गर्न सकिने स्पष्ट छ ।

दुःखको कुरा यस्ता व्यापारहरुमा श्रमजीवी नेपालीहरु विहान वेलुका छाकटार्न धौधौ हुनेहरु अत्यधिक रुपमा समावेश भइरहेका छन् । किन कि उनीहरुले आफ्नो निभ्न लागेको चुल्हो जल्ने र मिठो मसिनो खाने स्वणिम सपना त्यहीबाट साकार हुने सोंच राख्दछन् । एकातर्फ श्रमजीवी जनतालाई एकत्रित तथा संगठित भएर यो संरचनाको विरुद्ध प्रहार गर्न सक्ने संभावनालाई रोक्नु र अर्कोतर्फ सामाज्यवाद तथा विस्तारवादी नीतिलाई संसारभरका श्रमजीवी मेहनतकशहरु विच घनिभुत पार्नु मूल उदेश्य बोकेको नेटवर्क व्यापारको तस्वीर भने पर्दा भित्रै छ । यसबारे लेखक, पत्राचार, विज्ञ तथा अर्थशास्त्रीहरुको ध्यान जान अति आवश्यक देखिन्छ ।

चेतना र शैक्षणिक योग्यताको कमिले नेटवर्क व्यापारप्रति स्पष्ट हुन नसक्नु अस्वभाविक भने होइन तर समाज परिवर्तनको दुहाई दिनेहरुले अझै आफुलाई साम्राज्यवाद तथा विस्तारवादका खुंखार विरोधी सम्झनेहरुले सम्म नेटवर्किंग नीति र कार्यक्रमलाई घुमाई फिराई आर्थिक समृद्धिको नाममा समर्थन गर्नु अथवा त्यसप्रकारका नेटवर्किंग व्यापारिक कार्यमा एक वा अर्को प्रकारले जोडिनु गर्नु माक्र्सवादी विचार सम्वद कुरा हुन् सक्दैन् बरु समाजको सचेत वर्गले त्यसप्रकारको विचारको निर्ममतापूर्वक भण्डाफोर गर्ने र आफ्नो नजिकका सबैलाई त्यी व्पापारमा प्रवेशबाट रोक लगाउनु नै नैतिक कर्ततव्य हुन्छ ।

यसैले शोषणको भयानक साम्राज्यवादी जाललाई तोडन सामाजिक रुपमै लाग्न सकेमात्र नेटवर्क व्यापारको चपेटाबाट समाजलाई मुक्त पार्न सक्ने छौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here