नेका परित्याग गरि राष्ट्रिय जनमोर्चामा प्रवेश

0
423

इलाम । नेपाली कांग्रेसको तर्फबाट स्थानीय तह निर्वाचनमा माङ्सेबुङ्ग गापा वडा सदस्यको उमेदवार समेत रहेका केदर राईले सो पार्टी परित्याग गरि नेकपा (मसाल)को वैधानिक मोर्चा राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका छन् ।
राईले राष्ट्रिय जनमोर्चा १ न. प्रदेश उपाध्यक्ष क. हरिकान्त शर्मा, इलाम क्षेत्र न. २ बाट प्रतिनिधिसभा सदस्यका उमेदवार क. केबी सुब्बा र अनेरास्वबियु (छैठौं) इलाम जिल्ला अध्यक्ष क. बबिन राईको उपस्थितिमा राजमो प्रवेश गरेका हुन् ।
इलाममा विभिन्न ठाउँबाट प्रबेश संख्या बढ्दै गएको छ । यस अघि इलामको चुलाचुली गाउँपालिका, माङ्सेबुङ्ग गाउँपालिकाबाट थुप्रै संख्यामा विभिन्न पार्टी परित्याग गरि राष्ट्रिय जनमोर्चामा प्रबेश गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here