नेकपा मसालका जिल्ला प्रबक्ता केसि द्वारा राजिनामा

0
1035

जेष्ठ १३, अर्घाखाँची । नेकपा मसाल अर्घाखाँचीका जिल्ला प्रवक्ता थम्मन के.सी.ले पदबाट राजीनामा दिनुभएको छ ।

अर्धभुमिगत रूपमा राजनिती गर्दै आएको नेकपा मसालले देशको समसामयिक राजनीतिको बारेमा आफ्नो धारणा सार्वजनिक गर्न देशैभर पार्टी प्रवक्ता तोक्ने गर्दछ । सोही अनुसार अर्घाखाँचीमा थम्मन के.सी.लाई पार्टीले दिएको जिम्मेवारी बाट के.सी.ले दिएको राजीनामाले जिल्लामा विभिन्न बहस हुनथालेका छन् ।

बिगत ७ बर्ष देखि पार्टी प्रबक्ताको भुमिका निर्बाह गर्दै आउनुभएका के.सी.ले ब्यबहारिक कारण देखाउदै पदबाट दिएको राजीनामालाई जिल्ला पार्टीले स्वीकार समेत गरेको नेकपा मसाल अर्घाखाँचीले जनाएको छ ।मसालका जिल्ला सेक्रेटरी अशोकले आज एक प्रेस बिज्ञपति जारी गरि यस्तो बताउनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here