नेकपालाई दुई तिहाइको उन्मातले श्री ५ को रबैया अपनाउँदै छ : केसी

0
210

पुष–१३, सन्धिखर्क । नेकपाको सरकारलाई दुई तिहाइको उन्मातमा लागेर श्री ५ को ब्यबहार गर्न लागेको राष्ट्रिय जनमोर्चा अर्घाखाँची अध्यक्ष थम्मन केसीले बताएका छन् ।

“बाम गठबन्धनको नामबाट निर्बाचन जितेर सरकारले तानाशाह शैलीमा काम गरेको छ ।” सन्धिखर्कमा आयोजित कोण सभालाई सम्बोधन गर्दै केसीले भने– “एसिया प्यासिफिक सम्मेलनमा बाम सरकार सह–आयोजक बन्नु संविधानको मर्म विपरित भएको छ ।”
अध्यक्ष थम्मन केसीले धर्म निरपेक्ष राष्ट्र भइसकेको अवस्थामा इसाई धर्म प्रचारक आई.एन.जि.ओ.को सम्मेलनमा सरकार सहभागि बन्नु गलत भएको बताउनुभएको छ ।

समाजवादको वकालत गर्ने बाम सरकारले देश र जनताको पक्षमा काम गर्न नसक्नु, मुलुकमा बलत्कार, हत्या, हिंसा, महंगी, भ्रष्टचार, कालोबजारी बढ्दै जाँदापनि सरकार गम्भिर नबन्नुले जनतालाई निरास बनाएको उहांको भनाई छ । “मुलुकमा बलत्कारी, भ्रष्टचारी र हत्यारालाई कानुनी कठघरामा ल्याउन नसक्नु, बिभिन्न बिपदमा परेका जनतालाई तत्काल राहत दिन नसक्नु,अनावस्यक प्रचारबाजी भाषणमा मात्रै केन्द्रित हुनु सरकारमा श्री ५ को रवैया देखिनु हो, सरकार यसबाट तत्काल नसच्चिए जनताले सहँने छैनन् ।”

अध्यक्ष के.सी.ले भन्नुभयो, “यदि यो सरकारले ५ बर्ष काम गर्ने हो भने सरकारले ब्यबहार सुधार्न जरुरी छ ।” समाजमा दिन दाहाडै बिकृति मच्चाउँदै हिड्ने अपराधिहरुलाई सरकारले नै संरक्षण गरेकोले मुलुक हिंसात्मक बन्दै गएको अध्यक्ष के.सी.को आरोप छ ।

पार्टीका केन्द्र तथा जिल्ला स्तरका नेता एवं कार्यकर्ताहरुको सहभागितामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन उपाध्यक्ष गोपाल पौडेलले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here