माधव भाट
माघ १९, कपिलवस्तु । संघीयता, राष्ट्रिय बिखण्डन र प्रतिगमनका खतराको विरुद्ध संघर्ष गरौ, महङगी भष्ट्राचार, हत्याहिंसा बलात्कारको अन्त्य गरौं भन्ने मुल नाराका साथ राष्ट्रिय जनमोर्चा कपिलवस्तुको आयोजनामा विरोध सभा सम्पन्न भएको छ । विरोध सभा जिल्लाको चार नम्बर जितपुरमा सम्पन्न भयको हो ।
सभामा प्रमुख अतिथिको आसनबाट बोल्दै प्युठान जिल्ला समन्वय समितिका प्रमुख तथा राष्ट्रिय जनमोर्चा प्रदेश नम्बर ५ का सदस्य केशव आचार्यले नेकपाको सरकारका राम्रा कामहरूको समर्थन गर्ने तर पछिल्लो समय देशमा हत्या, हिंसा, बलात्कार बढेर गैरहँदासम्म पनि सरकार उदासीन भैरहेकोप्रति आक्रोश ब्यक्त गर्नुभयो । “नेकपाको सरकार निकम्मा साबित भएको छ” आचार्यले भन्नु भयो– “अहिले देशमा पछिल्लो घटनाक्रमहरुको अध्ययन गर्दा प्रतिगमनको खतरा बढेर गैरहेकोले प्राप्त उपलब्धिहरुको रक्षा गर्नका लागि राष्ट्रिय जनमोर्चा आन्दोलनमा उत्रेको हो ।” आचार्यले आन्दोलनमा सहभागी हुन समग्र देशभक्त जनतान्त्रिक शक्तिहरुलाई आव्हान समेत गर्नु भयो ।
बिरोध सभामा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय उपाध्यक्ष कपिल खनालले वर्तमान सरकारले विभिन्न मुलुकहरूमा फ्री भिषाको ब्यबस्था मिलायर दक्ष जनशक्तिलाई बिदेश पलायन गराउने षडयन्त्र गरेको बताउनु भयो । युवाहरुलाई राजनीतिक रुपमा बिमुख बनाएर मुलुकलाई टाट पल्टाउने योजनामा लागेको विदेशीहरुको षडयन्त्रमा सरकारको समेत सहभागिता रहेको भन्दै खनालले आक्रोश व्यक्त गर्नु भयो ।
बिरोध सभामा अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय सदस्य केयरसिंह अदै लगायतले बिरोध सभामा मन्तव्य दिनुभयको थियो । सभा राष्ट्रिय जनमोर्चा कपिलवस्तुका अध्यक्ष दधिराम आचार्यको अध्यक्षता र माधव भाट क्षेत्रीको सञ्चालनमा अगाडि बढेको थियो ।