निसीभुजी जनता क्याम्पस बुर्तीबाङमा अखिल (छैठौं) काे भेला सम्पन्न ।

0
52

बुर्तिबाङ/  संघियता विरुद्ध काठमाडौँ केे्द्रित विद्यार्थी मार्च तयारी स्वरुप देशव्यापी विभिन्न विद्यालय तथा कलेजहरुमा विधार्थी भेटघाट नगर तथा गाऊँ भेला जिल्ला भेला तथा सम्मेलनहरू सम्पन्न गर्ने सन्दर्भमा  बुर्तीबाङस्थित निसीभुजी जनता क्याम्पस बुर्तीबाङमा अखिल (छैठौं)को क्याम्पस इकाई समिति गठन गरिएको छ ।

अखिल छैठौं बागलुङका अध्यक्ष इन्द्रमणी पाण्डेको बिशेष उपस्थितिमा भएको विधार्थीहरुको भेलाले सिता पाण्डेको संयोजकत्वमा १५ सदस्यीय अखिल (छैठौं) निसीभुजी इकाई समिति गठन गरेको हो । जसको सहसंयोजकमा सरस्वती भुषाल सहित अन्य सदस्यहरु मनिषा थापा, सिता घर्ती, राधिका शर्मा यमकुमारी पाण्डे, देऊमाया थापा , दिलमाया कुमाल, सिता सापकोटा , घममाया वि क , पुनदेवी घर्ती क्षेत्री, हेमेन्द खड्का ,आयुश अदै , सृजना छन्त्याल र दिपा घर्ती मगर रहेका  छन् ।
कार्यक्रममा अखिल (छैठौं) ढोरपाटन नगरपालिका अध्यक्ष विवश छन्त्याल र सदस्य मदन भुषाल को समेत उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here