निर्माणको दिशामा अघि बढौं

0
289

जुना चालिसे, चण्डीगढ

क्लारा जेटकिनको त्यो महान विचारलाई सलाम
दोश्रो इन्टरनेशनलका सबै प्रतिनिधिलाई सलाम
समाजवादी सोसलिष्ट पार्टीको कार्यक्रमलाई सलाम
महिला सशक्तिकरणको महान अभियानलाई सलाम

मताधिकार चाहियो भन्ने आँट बोकेका आवाजहरु
सामाजिक राजनैतिक भेदभावका विरुद्धका आवाजहरु
समाज परिवर्तनका अदम्य सहास बोकेको छ
मुक्तिको लागि वर्ग संघर्षको बाटो रोजेको छ

सयौं प्रतिभा र हजारौं प्रगतिशिल विचारहरु
वर्ग संघर्षको आन्दोलनका एक ढिक्का विचारहरु
मेरो क्रान्तिकारी अभिवादन छ, त्यो दृढ भावनालाई
समान अधिकारको लागि प्रेरणा दिने कामनालाई

नारीलाई समानताको दृष्टिकोणलाई सलाम
परिवर्तनका सबै दृढ विश्वासहरुलाई सलाम
माक्र्स, एगेंल्स, लेनिन, स्टालिनको दृष्टिकोणलाई सलाम
माओत्सेतुङको नयाँ जनवादी नीति, कार्यक्रमलाई सलाम

अबसरवाद विरुद्ध नारीहरु जुट्ने जहाँ हिम्मत मिल्छ
साम्राज्यवादसँग पनि उर्लने साहस जहाँ मिल्दछ
हरेक शोषित, पिडित बस्तिहरुलाई जगाउँछ
प्रत्येक शोषित महिलाहरुलाई उठन घच्घच्याउँछ

एक ढिक्का भई विभेद विरुद्ध जुरमुराउन सिकाउँछ
सम्पत्तीमा अधिकारको कुरा दृढतासँग उठाउँछ
महिला मुक्ति आन्दोलनको रुप उठ्दै जुरमुराउँदैछ
८ मार्चको घनिभूत विचारले प्रफूलित हुँदैछ

वर्ग संघर्षका हात सामन्ती व्यवस्था विरुद्ध उठ्दैछन्
गेट, गल्लि, गाउँगाउँ, वस्तिवस्ति फेरी जुरमुराउँदैछन्
यहि सन्देश बोकेर देश प्रदेशका नारीहरु जुरमुराउँ
महान सर्वहारा क्रान्तिको आउ जन फेरी जुरमुराउँ

महिला मुक्ति आन्दोलनलाई वर्ग संघर्षमा जोडौं
नयाँ जनवादी व्यवस्था निर्माणको दिशामा अघि बढौं
नारी सशक्तिकरणको महान अभियानमा जुटौं
८ मार्चको एतिहासिक पुष्ठभूमिको रक्षा गरौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here