निर्मला पन्त प्रकरणको वर्तमान स्वरूप : प्रहरीले अपराधी लुकाउन खोज्दाको परिणति

0
368

लक्ष्मी चौधरी

कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नं २ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार गरी हत्या भएको घटनाले करिब एक महिनासम्म सम्पूर्ण राष्ट्रको ध्यानाकर्षण गर्‍यो ।

बालिका निर्मलाको २०७५ साउन ११ गते घर नजिकै उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव भेटिएको थियो । उनी अघिल्लो दिन साथीको घरमा होमवर्क गर्न गएकी थिइन् । त्यहााबाट बेपत्ता भएर अर्को दिन नग्न अवस्थामा मृत भेटिएकी थिइन् । निर्मलाको बलात्कार र हत्याबारे अनुसन्धान गर्न स्थानीयले लगातार आवाज उठाए पनि प्रशासनले त्यसलाई गम्भीर रूपमा लिनुको साटो दमन गर्ने र घटना अन्यत्रै मोड्ने प्रयास गर्दै आएको थियो । तर अन्तत: आन्दोलन चर्कंदै जाादा प्रहरीको गोलीबाट एक जनाले ज्यान गुमाउनु पर्‍यो भने दर्जनौँ व्यक्ति घाइते हुन पुगे ।

करिब एक महिनापछि कञ्चनपुर घटनामा राज्यले गम्भीरता देखाउन बाध्य भयो । सरकारले मृतक बालिका निर्मला र आन्दोलनमा मारिएका सनि खुनालाई सहिद घोषणा गरेर पीडित परिवारलाई १०/१० लाख रूपैया क्षतिपूर्ति प्रदान गरेको छ । निर्मलाका वास्तविक हत्यारा लुकाउन भूमिका खेलेको आरोप लागेका कञ्चनपुरका एसपी डिल्लीराज विष्ट, डिएसपी ज्ञान बहादुर सेठ्ठी र मुद्दाका निरक्षक एकेन्द्र खड्कालाई निलम्बन गर्ने निर्णय पनि गरेको छ । प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ र उच्च स्तरीय छानबिन समिति गठन गरेको छ । नयाँ छानबिन समितिले कतिपय नयाँ तथ्यहरु फेला पारेको जनाएको छ ।

सङ्घ/सस्थाद्वारा विरोध

निर्मला पन्तको बलात्कार गरी हत्या भएको घटनाको बिषयलाई लिएर कञ्चनपुरका नागरिक समाज लगायत विभन्न सङ्घ/सस्थाले सुरुदेखि नै आन्दोलन थालेका थिए । बालिका पन्तले न्याय पाउनु पर्छ र दोषीलाई कडाभन्दा कडा कार्वाहीको माग गर्दै दैनिक प्रदर्शन गरेको थिए । प्रदर्शनमा विद्यार्थी, व्यापारी, आमा समूह, स्थानीय राजनीतिक दल लगायत सहभागी थिए । उनीहरु जुलुश धर्ना सहित रिले अनसन समेत बसेका थिए । आन्दोलनको सुरुवातबाटै प्रहरीले दमन सुरु गरेको थियो । प्रहरीको दमनबाट कैयौँ सङ्घ/संस्थाका अगुवा महिलाहरु घाइते हुन पुगे ।

संसदमा घटनाको छानबिन गर्न माग

बलात्कारपछि हत्या भएको घटनाप्रति छानबिन गरी दोषीलाई कारवाही गर्न सांसदहरुले माग गरेका छन् । प्रतिनिधि सभाको साउन १३ गते बसेको बैठकमा सांसदहरुले बलात्कारपछि हत्या भएको भन्दै दोषीमाथि कारबाही र पीडित परिवारलाई क्षतिपूर्ति दिन माग गरेका थिए । बैठकमा सांसद डिला सङ्ग्रौला, सांसद दिलेन्द्र बडु लगाएतले महिला तथा बालिका बलात्कारको घटनामा दोषी देखिएकालाई कडाभन्दा कडा कारबाही गरिनु पर्ने माग गरेका थिए ।

सांसदहरुले आवाज उठाएपछि सभामुख कृष्ण बहादुर महराले घटनाको विषयमा संसदलाई जानकारी गराउन तथा कारवाही प्रक्रियामा भएको प्रगतिबारे जानकारी गराउन सरकार तथा गृह मन्त्रालयलाई रुलिङ गरेका थिए ।

मानसिक सन्तुलन नभएका व्यक्ति पक्राउ

घटना भएको २५ दिनपछि केन्द्रीय अनुसन्धान ब्युरो (सी.आई.बी.) र जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरको टोलीले स्थानीय दिलिप सिंह विष्टलाई पक्राउ गरेको थियो । मानसिक सन्तुलन ठिक नभएका विष्टलाई पक्राउ गरेर सार्वजनिक गरेपछि स्थानीय थप आक्रोशित भए । उनीहरुले घटनालाई अन्यत्रै मोड्न र वास्तविक अपराधी लुकाउन प्रहरीले नाटक गरेको भन्दै आन्दोलन थप चर्काएका थिए ।

विष्टले २०६५ मा आफ्ना कान्छा भिनाजु नारायण सिंह विष्टको समेत हत्या गरेका थिए । तर चालचलन राम्रो भएको भन्दै कारागारको सिफारिशमा २०७४ जेष्ठमा रिहा भएका थिए । त्यसअघि पनि प्रहरीले दुई जना यस्तै व्यक्तिलाई पक्राउ गरेको थियो । तीमध्ये एक जना एच.आई.भी. सङ्क्रमित थिए भने अर्का मानसिक रोगी । केही दिन हिरासतमा राखेर उनीहरुलाई प्रहरीले छोडेको थियो ।

अनुसन्धान अर्कैतिर

निर्मला पन्त किताब लिनका लागि जुन घरमा गइन्, त्यही घरदेखि नै यो घटना रहस्य सुरु हुन्छ र अनुसन्धानको सुरुवात पनि त्यही घरबाट सुरु गर्नु पर्ने देखिन्छ । बम दिदीबहिनी मात्रै बस्ने त्यो घर दुईतल्ले छ । उनीहरुको घर लगभग रित्तै जस्तो भए पनि भाडामा लगाइएको छैन । बबिता र रोशनीका बुबाआमा दार्चुलामा बस्ने गरेका थिए । घरमा छोरीहरु रोशनी आाचल र बबिता मात्रै बस्थे । निर्मलाकी साथी रोशनी १८ वर्षकी छिन् भने उनकी दिदी बबिता अझै जवान भइसकेकी छिन् । निर्मला उक्त घरमा होमवर्क गर्न राति नभएर बिहान ११ बजेतिर गएकी थिइन् ।

स्थानीयका अनुसार त्यो घरमा दुईजना केटाहरु प्राय: आवतजावत गरिरहन्थे । पछि पत्ता लागे अनुसार ती दुई जना केटाहरुमा एक जना कञ्चनपुरकै एसपी डिल्लीराज विष्टका छोरा रहेछन् । अर्का भीमदत्त नगरपालिकाका मेयरका भतिजा रहेछन् । स्थानीयका अनुसार दिदीबहिनी मात्रै भएको त्यो घरमा ती दुई युवकहरु बाक्लै आउने–जाने गर्थे ।

त्यो रहस्यमय घरबाट निर्मला हराएपछि पाइएका केही तथ्यहरु झनै रहस्यमय छन् । घटनास्थलमा निर्मलाका किताबकापी भेटिएका थिए । तर किताब पानीले भिजेका थिएनन्, जबकि त्यहाा रातभरि पानी परेको थियो । निर्मलालाई अम्बा दिएर पठाएको भनिए पनि त्यहाा अम्बाको बोट काटिएको छ । घरभित्र पनि भर्खरै रङ पेन्टिङ गरिएको स्थानीयको भनाइ छ ।

प्रहरीले सुरुमा बबिता र उनकी बहिनी आाचल भनिने रोशनी बमलाई सुरुमा पक्रेको थिएन । तर जब मानसिक सन्तुलन ठिक नभएका व्यक्तिलाई सार्वजनिक गरेपछि फेरि आन्दोलन चर्कियो, त्यसपछि बल्ल बमको घरमा पनि आक्रमण हुन सक्छ भन्ने लागेर प्रहरीले उनीहरुलाई कार्यालयमा ल्याएर सुरक्षा दिएको थियो । उनीहरुलाई बुबाआमा आइसकेपछि बुबाआमाको जिम्मा लगाइएको थियो ।

आन्दोलनमा गोली प्रहार

बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको छानबिनप्रति असन्तुष्टि जनाउँदै भदौ ७ गते महेन्द्रनगरमा चर्किएको आन्दोलनका क्रममा प्रहरीले गोली चलायो । प्रहरीको गोली लागेर चार जना घाइते भएका थिए । घाइते हुनेमा कञ्चनपुरको सुडाका तीर्थराज पनेरू, भिमदत्त नगरपालिकाका अर्जुन भण्डारी, कैलालीका सन्तोष कठरीया र भासिका तेज भटट् छन् । घाइते चार जनामध्ये भट्टको अवस्था गम्भीर भएपछि उनलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको थियो ।

स्थानीयले वास्तविक हत्याराको बचाउमा प्रहरीले गलत व्यक्तिलाई सार्वजनिक गरेको भन्दै आन्दोलन जारी राखे । प्रहरी प्रशासन विरुद्ध नाराबाजी गर्दै पूर्व–पश्चिम राजमार्गमा ढुङ्गा थुपार्दै टायर बालेर सवारी आवगमन समेत ठप्प पारेका थिए ।

सिडिओ, एसपी फेरिए, उच्चस्तरीय छानबिन समिति गठन

आन्दोलन चर्कंदै गएपछि गृह मन्त्रालयले भदौ ७ गते कञ्चनपुरको प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको थियो । प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्कालाई फिर्ता बोलाएर उनको ठाउँमा तारानाथ अधिकारीलाई पठायो । मन्त्रालयले कञ्चनपुरका प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टलाई पनि परिवर्तन गरेको थियो । उनको ठाउँमा कुवेर कडायतलाई पठाइएको थियो । प्रहरी नायब उपरीक्षक (डिएसपी) ज्ञान बहादुर सेट्ठीको पनि सरुवा गरेको गरेको थियो भने पन्तको बलात्कारपछि हत्या भएको घटनाको छानबिन गर्न सहसचिव हरि प्रसाद मैनालीको नेतृत्वमा पााच सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

सनि खुनाको मृत्यु

भदौ ८ गते आन्दोलन चर्कंदै गएपछि प्रहरीले अन्धाधुन्ध गोली चलायो । प्रहरीको गोली लागी भीमदत्तनगर नपा–१८ सालघारी बस्ने १३ वर्षीय सनि खुनाको मृत्यु भयो । भीमदत्त नगरपालिकाका कुचिकार वीर बहादुर खुनाका छोरा स्थानीय महेन्द्रनगर माविमा कक्षा ६ मा पढ्थे । दुई वर्षकै उमेरमा आमा गुमाएर टुहुरा बनेका सनि नगरपालिका र बजारमा सरसफाइ गर्ने काममा बुवालाई सघाउँथे ।

प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा १७ जना घाइते भए । घाइते भएकामध्ये मनोज खड्काको दायाा कन्चटमा र उमेश देउवाको वायाा खुट्टामा गोली लागे र गम्भीर घाइते भए । प्रहरीको गोलीबाट घाइते हुनेहरुमा चेतन भट्ट, डम्बर खत्री, कविन्द्र विक, इश्वर जोशी, वीरेन्द्र नागरी, युवराज भट्ट, गोरख बहादुर रेउले, किशोर धामी, तुलाराम उपाध्याय, घनश्याम पन्त, दामोदर खत्री, ओमकार जोशी, सुरेश प्रकाश चटौत र सत्रुघ्न सुवेदी छन् । उनीहरुमध्ये कतिपय गम्भीर घाइतेलाई काठमाडौँ ल्याइएको छ भने केहीको नेपालगञ्ज मेडिकल कलेज कोहलपुर र बााकीको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

घुसपैठ भएको सरकारी दावी

आन्दोलन चर्कंदै गएपछि सरकारले आन्दोलनमा घुसपैठ भएको दावी गरेको थियो । बालिकाको बलात्कार र हत्याको घटनामा संलग्नलाई कारवाहीको माग गर्दै भएको प्रदर्शन थप हिंसात्मक बन्दै गएपछि सरकारले स्थितिलाई थप उत्तेजित पार्ने क्रियाकलापमा संलग्न नहुन त्यस क्षेत्रका सर्वसाधरणलाई आह्वान गरेको थियो ।

भदौ ८ गते सााझ सिंहदरबारमा बसेको मन्त्री परिषद बैठकले सरकारले जिम्मेवारीबोध गरेर छानबिन प्रक्रिया अघि बढाइरहेको अवस्थामा स्थितिलाई उत्तेजक बनाउने काम भइरहेको भन्दै त्यस्ता काममा सक्रिय नहुन आह्वान गरेको थियो । परिस्थितिलाई थप उत्तेजक बनाउन विभिन्न तत्त्वहरुले काम गरिरहेकोप्रति दु:ख व्यक्त गर्दै बैठकले देशैभरिका विभिन्न जघन्य अपराधप्रति गम्भीर बन्दै दोषीहरुलाई कारवाही गर्ने प्रतिबद्धता पनि जाहेर गरेको थियो ।

कञ्चनपुरको महेन्द्रनगरमा भएको घटना छानबिन गर्न नेपाल सरकारले छानबिन समिति बनाइसकेको, सुरक्षा निकायका कतिपय जिम्मेवार कर्मचारीलाई फिर्ता बोलाइसकेको र स्थितिप्रति गम्भीर भएर चिन्ता चासो राख्दै आवश्यक कदम चालेको पनि सरकारले बताएको थियो ।

सङ्कल्प प्रस्ताव पारित

प्रतिनिधि सभाको भदौ ८ गतेको बैठकमा महिला विरुद्ध हुने सबै किसिमका हिंसा अन्त्य गर्ने सम्बन्धमा प्रस्तुत सङकल्प प्रस्ताव सर्वसम्मतले पारित गरेको छ । सङ्कल्प प्रस्तावलाई राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेल लगायत सांसदहरु बिन्दा पाण्डे, पुष्पा भुषाल, रेखा शर्मा, कृष्णभक्त पोखरेल, निरू पाल मैना कुमारी भण्डारी, पार्वती कुमारी विशुङ्खे, बिना कुमारी श्रेष्ठ, लक्ष्मी कुमारी चौधरी, नवराज रावत, आशा कुमारी विक, तुलसी थापा, शशि श्रेष्ठ, शान्तिमाया तामाङ पाख्रिन, नवीना लामा, अमृता थापा, पवित्रा निरौला खरेल, रेनुका गुरुङ, कलुदेवी विश्वकर्मा, विमला विश्वकर्मा तथा कमला रोक्काले संयुक्त रूपमा दर्ता गएको थियो । गत असार २१ गते संसद सचिवालयमा सङ्कल्प प्रस्ताव दर्ता गरिएको थियो ।

बैठकमा बोल्दै सांसद पौडेलले कञ्चनपुरकी किशोरी निर्मला पन्तका हत्यारा पत्ता लगाई कडा कारवाही गर्न माग गर्नु भएको थियो । नेपालको संविधान बमोजिम नेपाल पक्ष राष्ट्र भएका महिलामाथि हुने सबै प्रकारका विभेद विरुद्धको महासन्धि लगायत अन्तराष्ट्रिय अभिसन्धिहरुले शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक हर किसिमको हिंसाजन्य कार्य वा शोषणलाई दण्डनीय भनेकाले महिला विरुद्ध हिंसा गर्नेमाथि सोही अनुसारको कडा भन्दा कडा कारबाही हुनु पर्नेमा सांसद पौडेलले जोड दिनु भयो ।

कारवाही गर्न राजमोको दबाब

कञ्चनपुर प्रहरीले गरेको दमन विरुद्वमा राष्ट्रिय जनमोर्चा ७ नम्बर प्रदेश अध्यक्ष नन्दराज भट्टले भदौ ८ गते एक विज्ञप्ती जारी गर्दै बलात्कारीलाई कारवाहीको माग गर्नु भएको थियो । विज्ञप्तीमा भनिएको छ– “ २०७५ साउन १० गते कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकाकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि पाशविक रूपमा गरिएको हत्याको एक महिना पुग्न लाग्दा समेत प्रशासनले दोषीलाई कार्वाहीको दायरामा ल्याउन नसकेको विरोधमा महेन्द्रनगर बजारमा स्थानीय जनताले विरोध गरिरहेका छन् । राजमो कञ्चनपुरले पनि आज उक्त घटनाको विरोधमा कोण सभा सम्पन्न गर्‍यो । त्यसलगतै ट्राफिक चौकमा प्रहरीले अन्धाधुन्द चलाएको गोली लागि १४ वर्षीय सनि खुनाको मृत्यु भएको छ । राज्यबाट भएको यस प्रकारको क्रूर दमनको हाम्रो पार्टी घोर निन्दा र भर्सना गर्दछ । घटना हुने बित्तिकै राजमो कञ्चनपुरका अध्यक्ष लोकेन्द्र लम्सालले बच्चालाई गोली लागेको र त्यसलाई अस्पताल लैजानु पर्छ भनी सिडिओलाई भन्दा समेत बच्चाको उद्वार गर्न नदिनुले प्रशासनको आग्रही प्रकृति उदाङ्गो भएको छ ।

हाम्रो पार्टीले हिजो गठन भएको प्रशासनिक समितिको कुनै औचित्य नभएको र त्यसका लगि सरकारसाग न्यायिक छानबिन समितिको माग गर्दछ । यस घटनामा मृत्यु भएका सनि खुनालाई हार्दिक श्रद्वाञ्जली व्यक्त गर्दै शोकाकुल परिवार जनप्रति समवेदना प्रकट गर्दर्छौं । साथै, यस घटनामा घाइते भएका साथीहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै मृतकका परिवारलाई उचित क्षतिपूर्ति र घाइते भएकाहरुको उपचार गर्न माग गर्दछौँ ।” त्यस्तै, राजमो कैलालीका अध्यक्ष लक्षीराम आचार्यले पनि सोही दिन वक्तव्य गर्दै अपराधीउपर कारवाहीो माग गर्नु भएको थियो ।

राजमोको विरोध सभा

राष्ट्रिय जनमोर्चा कञ्चनपुर जिल्ला समितिले निर्मला पन्तको बलात्कारपछि गरिएको हत्याका विरुद्ध शुक्लाफााटा नगरपालिका–१ बन्साहमा विरोध सभा सम्पन्न गरेको थियो । भाद्र ८ गते स्वतन्त्र न्यायिक समिति गठनको माग गर्दै सो विरोध सभा सम्पन्न गरेको हो । सभामा राजमो कञ्चनपुरका जिल्ला सचिव राम बहादुर कार्कीले सम्बोधन गर्नु भएको थियो ।

त्यस्तै, बलात्कार पछि गरिएको हत्या र महेन्द्रनगरमा प्रशासनबाट गोली प्रहार गरी बालक सनि खुनाको हत्या, दर्जनौँ मानिस घाइते हुनेगरी गरेको दमन विरुद्ध राजमोले भाद्र ९ गते सभा सम्पन्न गरेको थियो । बन्साहामा सम्पन्न गरिएको सभामा प्रधानमन्त्री र गृहमन्त्रीको पुतला दहन गर्दै बिरोध सभा सम्पन्न सगरेको थियो । सभालाई सचिव राम बहादुर कार्कीले सम्बोधन गरेका थिए । साथै अखिल (छैठौं) ले केन्द्रीय समितिको आयोजनामा महेन्द्रनगर बजारमा विरोध सभा सम्पन्न गरेको थियो । यसैगरी विभिन्न राजनैतिक दल तथा विद्यार्थी सङ्गठनले समेत जुलुश प्रदर्शन गर्नुको साथै विरोध सभा गरेका थिए ।

अनिता र रोशनी बम पक्राउ

निर्मला पन्तको हत्याको अनुसन्धान गर्ने क्रममा प्रहरीले भदौ ९ गते बबिता बम र आाचल भनिने रोशनी बमलाई पक्राउ गरेको छ । उनीहरु दिदीबहिनी हुन् । भीमदत्त नगरपालिका–१८ स्थित आफ्नै घरबाट बम दिदीबहिनी पक्राउ परेका हुन् । निर्मला पन्त सोही घरमा गृहकार्य गएका बेला बेपत्ता बनेकी थिइन् । सो घरमा उनी आफूसाग पढ्ने साथी १८ वर्षीया रोशनीलाई भेट्न गएपछि बेपत्ता बनेकी हुन् । यसअघि प्रहरीले उनीहरुलाई सुरक्षाका लागि कार्यालयमा राखे पनि हिरासतमा लिएको थिएन । दुईतल्ले घरमा बबिता र रोशनी मात्रै बस्दै आएका थिए । उनीहरुका बुबाआमा दार्चुलामा बस्दथे । निर्मलाको हत्यापछि भने बाबुआमा सोही घरमा आएर बस्दै आएका छन् ।

निर्मला हराएको दिन साउन १० गते अपराह्न पााच बजे निर्मलाकी आमाले सो घरमा पुगेर छोरीबारे खोजतलास गर्दा बबिताले उनी दुई बजे नै यहााबाट हिाडेको र अम्बा दिएर पठाएको बताएकी थिइन् । तर घरमा आइन त भन्दा बबिताले ‘पोइल गइहोला’ भन्ने जवाफ फर्काएकी थिइन् । भोलिपल्ट बिहान उखुबारी छेउमा निर्मलाको साइकल फेला परेपछि बबिताले ‘लास पनि त्यतै होला’ भनेको पीडित परिवारको दाबी छ । दुवै दिदीबहिनीको पोलिग्राफ परीक्षण गर्ने प्रहरीले बताए पनि अहिलेसम्म उनीहरुमाथि अनुसन्धान भएको थिएन । दुई जना मात्रै बस्दै आएको उक्त घरमा बम दिदीबहिनीलाई भेट्न एसपी डिल्लीराज विष्टका छोरा र मेयर सुरेन्द्र विष्टका भतिज प्राय:जसो आइरहने गरेको स्थानीयवासीको भनाइ छ ।

सनिलाई सहिद घोषणा गर्न माग

भदौ ९ गते बसेको कञ्चनपुर जिल्लाको सर्वदलीय सर्वपक्षीय बैठकले आन्दोलनमा ज्यान गुमाएका सनि खुनालाई सहिद घोषणा गर्न माग समेत गरेको थियो । शनिबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले मृतकलाई सहिद घोषणा गर्न माग गर्नुका साथै घाइतेहरुको यथोचित उपचार र उच्च स्तरीय छानबिन टोलीलाई सहयोग गर्ने निर्णय गरेको हो । बैठकमा तत्कालका लागि जारी आन्दोलन स्थगित गर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले जानकारी दिए ।

सनि सहिद, मृतक परिवारलाई १०/१० लाख राहत

आन्दोलनमा प्रहरीको गोली लागेर निधन भएका सनि खुनालाई सरकारले भदौ ९ गते नै सहिद घोषणा गर्‍यो । शनिबार सााझ अकस्मात बोलाइएको मन्त्री परिषदको बैठकले सनिलाई सहिद घोषणा र मृतक दुबै जनाको परिवारलाई १०–१० लाख रुपियाा दिने निर्णय गरेको हो ।

मन्त्री परिषदले निर्मलाका वास्तविक हत्यारा लुकाउन भूमिका खेलेको आरोप लागेका कञ्चनपुरका एसपी डिल्लीराज बिष्टलाई निलम्बन गर्ने निर्णय पनि गरेको थियो भने डिएसपी ज्ञान बहादुर सेठ्ठी र मुद्दाका इन्स्पेक्टर एकेन्द्र खड्कालाई प्रहरी प्रधान कार्यालय बोलाइसकेको छ ।

यस्तै, प्रदेश नं. ७ सरकारले पनि मृतक निर्मला र सनिका परिवारलाई पााच/पााच लाख र भीमदत्त नगरपालिकाले तीन/तीन लाख सहयोग घोषणा गरेका छन् । तर निर्मलाका बुबा यज्ञराज पन्तले आफूहरुलाई पैसा नभई न्याय चाहिएको भन्दै न्याय नपाएसम्म राज्यबाट एक पैसा पनि नलिने बताएका छन् ।

सहिद सनि खुनाको अन्त्येष्टि

प्रहरीको गोलीद्वारा मारिएका १३ वर्षीय बालक सनि खुनाको भदौ १० गते दाहसंस्कार गरियो । महाकाली अञ्चल अस्पतालमा स्थानीय प्रशासनले परिवारलाई शव हस्तान्तरण गरेको थियो । उनको ब्रह्वदेवस्थित महाकाली घाटमा राष्ट्रिय सम्मानका साथ दाहसंस्कार गरिएको थियो । उनको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाउनुका साथै पााच तोपको सलामी दिइएको थियो । सहिद सनिका बुबा बीर बहादुरले छोराको पार्थिव शरीरमा दागबत्ति दिएका थिए ।

कञ्चनपुर घटना देशका लागि शिक्षा

महिलाहरुमाथि देशब्यापी रूपमा भइरहेको बलात्कार तथा हत्याका घटनाको एउटा प्रतिनिधि घटना मात्र हो, कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र हत्या । तर न्यायका लागि जनताले लगातार दबाब दिादा मात्रै राज्य पनि गम्भीर बन्न बाध्य हुने रहेछ भन्ने उदाहरण पनि हो, कञ्चनपुर घटना । त्यससागै बलात्कार र हत्या जस्तो जघन्य अपराधमा पनि प्रशासनको अनुसन्धान कति फितलो र चरम लापरवाही गरिन्छ भन्ने उदाहरण पनि कञ्चनपुर घटनाले पेश गरेको छ । अझ महत्त्वपूर्ण कुरा के हो भने यस्ता जघन्य अपराधमा जब पहुाचवालाकै संलग्नताको सङ्केत भेटिन्छ, घटनालाई अन्यत्रै मोड्न अनेक नाटक मञ्चन मात्र हुँदैन, जनताको आवाजलाई जवर्जस्ती दबाउने प्रयत्न पनि हुन्छ । तर जब जनताले दमनको प्रवाह नगरी लगातार आवाज उठाउँदै जान्छन्, जनताको मागलाई सम्बोधन गर्न राज्य बाध्य हुन्छ ।

देशमा लोकतान्त्रिक गणतन्त्रको स्थापना भइसकेपछि पनि महिला तथा बालबालिकासित सम्बन्धित यस खालको घटना घट्नु दुखद हो । राज्यपक्षले तदारुकताका साथ दोषीउपर कारवाही गर्नु पर्दछ, अन्यथा जनताले लोकतन्त्रको अनुभूति गर्न पाउने छैन । केन्द्र र राज्य सरकारहरु निर्मला पन्त प्रकरणमा न्यायको ग्यारेन्टी हुने गरी अनुसन्धानलाई टुङ्गोमा पुर्‍याउनु पर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here