निजीकरणका विरुद्ध क्रमचारीहरु हडतालमा

0
144

गुरुग्राम । भारतको हरियाणा राज्य स्तरिय कर्मचारीहरु हड्तालमा उत्रीएका छन् । कर्मचारीहरुको हडतालसँगै आम जनजिवन अस्तब्यस्त भएकोछ । खासगरि हरियाणा रोडबेजलाई निजीकरण गर्नलाई सरकारले किलोमिटर स्किम अप्नाउँने निर्णयसँगै सरकार र क्रमचारीहरुको बीच टकराव भएको देखिन्छ ।

कर्मचारीहरुको हड्तालको समर्थनमा हरियाणा कर्मचारी महासंघ पनि हड्तालमा कुँदेको बताइएको छ । बिगत दुई हप्तादेखि कर्मचारीहरुले गरिरहेको हड्ताल झन्पछि झन् आक्रोशित बन्दै गएको देखिन्छ । सरकारले कर्मचारीहरुसँग बसेर उनीहरुको समस्यालाई ठिकसँग बुझ्ने र समस्या समाधान निकाल्नुको सट्टा उल्टै दमनकारी नीतिमा उत्रेको कर्मचारीहरुको आरोप छ । ब्यापक धरपकड गिरफ्तारी र कर्मचारी नेताहरूलाई बर्खास गर्ने जस्ता दमनकारी नीति एक कर्मचारीले बताए ।

तीन लाख भन्दा पनि अधिक कर्मचारीहरु आज हड्तालमा उत्रिएको बताइएको छ । रोडबेज कर्मचारी तालमेल कमिटिले पनि हड्ताललाई दुई नोभेम्वरसम्म जारी राख्ने बताइएको छ । त्यस्तै आजबाट सर्व कर्मचारी संघ लगायत कर्मचारी संगठनहरुले दुई दिने हड्ताल पनि सुरु गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here