नालगोण्डामा छैठौं सम्मेलन, भिलाईमा भेला सम्पन्न

0
445

नालगोण्डा, १४ जुन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय समिति अन्तर्गत नालगोण्डा नगर समितिको छैटौं सम्मेलन सम्मपन्न भएको छ । केन्ऽीय सल्लाहकार सदस्य तथा क्षेत्रीय सचिब खिम बहादुर बिकको प्रमुख आतिथ्यतामा सम्मेलन सम्पन्न भएको हो ।

प्रमुख अतिथि विकले दिप प्रज्वलित गरि उद्घाटन गर्नुभएको थियो । विकले उद्घाटन मन्तव्यमा मूल प्रवाहको गौरवमय सांगठनिक यात्रालाई अगाडी बढाउन भारतस्थित सम्पूर्ण नेपालीहरुको जिम्मेवारी रहेको बताउनु भयो ।

कार्यक्रमा विशिष्ट अतिथिको रूपमा केन्ऽीय बैकल्पिक सदस्य चित्रबहादुर पुन, अतिथिहरु महिला बिभागको तर्फबाट देवि शर्माले लगायतले सम्मेलन सफलताको शुभकामना दिनुभएको थियो । कार्यक्रमको सञ्चालन बाबुराम पराजुलीले र अध्यक्षता चेतन शर्माले गर्नुभएको थियो । अतिथिहरुको आसन ग्रहण, सहिदहरुप्रती एक मिनेट मौनधारण पश्चात् दुर्गा पुन र कलाकारहरुले स्वागत गरेका थिए ।

सम्मेलनले दुर्गा पुनको अध्यक्षतामा ७ पुर्ण, ३ बैकल्पिक र ३ सल्लाहकार सहित १३ सदस्यी समिति चयन गरेको छ । जस्मा: उपाध्यक्ष– चेतनाथ शर्मा, सचिव– बाबुराम पराजुली, सहसचिव– देवि शर्मा र कोषाध्यक्ष– चक्रपानी सापकोटा रहेका छन् । त्यस्तै सदस्यहरुमा चित्र बहादुर पुन, मिना सापकोटा, बैकल्पिक सदस्यमा सपना पुन, रामु नेपाली र खेमराज पुन रहेका छन् । त्यस्तैल सम्मेलनले सल्लाहकारमा माया पुन, तुलसी राम ढकाल र कुलबहादुर नेपालीलाई चयन गरेको छ ।

खिमबहादुर बिक, चित्र बहादुर पुन, देवि शर्मा र चक्रपानी सापकोटाले नयाँ समितिलाई बधाइ तथा कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो ।

भिलाई, १३ जुन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्य दक्षिण क्षेत्रीय समिति अन्तर्गत भिलाइ नगर समितिको भेला क्षेत्रीय उपाध्यक्ष रुपलाल जिएमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । भेलाको उद्घाटन रुपलाल जिएमले गर्नुभएको थियो ।

कार्यक्रमको सञ्चालन अरुण कुमार थापाले र अध्यक्षता पुरन बहादुरले गर्नुभएको थियो । भेलामा सहभागिहरुलाई कृष्ण सृपालले स्वागत गर्नुभएको थियो ।

भेलाले कृष्ण सिर्पालको अध्यक्षतामा भिलाइ नगर समिति चयन गरेको छ । जसमा: उपाध्यक्ष– वसन्त जि एम, सचिव– अरुण कुमार थापा, सहसचिव– रवि श्रेष्ठ र कोषाध्यक्ष– दुर्गा पुन रहेका छन् । त्यस्तै सदस्यहरुमा: पुर्णबहादुर सोनी, इमान्सिङ्ह सृपाल, प्रमोद सृपाल, बैकल्पिक सदस्य दुर्गासोनी, खेमराज सोनी, पार्वती श्रेष्ठ र रुपलाल पुन रहेका छन् । सल्लाहकारमा मिना सृपाल, सुमित्रा थापा, शोभा जि एम, कुमारी खेमकुमारी पुन र तुल बहादुर सोनी रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here