नारनौलमा महिला नगर विभाग गठन

0
195

नारनौल, २५ अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत नारनौलमा महिलाहरूको बृहत भेला पश्चात महिला विभागको गठन भएको छ ।

महिला विभाग क्षेत्रीय विभागकी सदस्य पार्वती आचार्य र सीमा सोनीको सक्रियता तथा मूल प्रवाह मध्य पश्चिमोत्तर क्षेत्रीय समितिका सहसचिव ईश्वर आचार्य, नारनौल नगर समितिका अध्यक्ष कौशल बहादुर सोनी, सचिव झमन सिंह थापा, सदस्य राजु शर्माको उपस्थितिमा गठित सो महिला विभागमा एक स्थान रिक्त रहने गरी ११ सदस्यीय महिला नगर विभाग गठन गरिएको छ ।

जसमाः अध्यक्ष– भगवती सोनी, सचिव– पार्वती आचार्य, कोषाध्यक्ष– सीमा सोनी, सदस्यहरुमाः शोभा सोनी, उर्मिला सोनी, मीना सोनी, इन्द्रा सोनी, ऊमा गाहा, निर्मला क्षेत्री, शान्ति सोनी र एक स्थान रिक्त राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here