नागरिकता ऐन संशोधन बिरुद्ध बाग्लुङमा हस्ताक्षर अभियान

0
133

ताराप्रसाद शर्मा
बागलुङ, १८ चैत । नागरिकता ऐन संशोधन बिरुद्धमा बागलुङमा नागरिक हस्ताक्षर अभियान शुरु गरिएको छ ।
नेपालको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको बिधेयकमा भएका कतिपय बुँदाहरुमा बिदेशीले पनि नागरिकता प्राप्त गर्न सक्ने देखिएकाले ति बुँदाहरुलाई संसोधन गर्न दवाब दिनका लागि नागरिक हस्ताक्षर अभियान शुरु गरिएको हो ।

जिल्लामा क्रियाशिल नेकपा मसाल, राष्ट्रिय जनमोर्चा र नेकपा माले लगाएतका दलहरुले नागरिकता ऐन संशोधन बिधेयकमा राष्ट्रहित बिरोधी बुँदाहरु समावेस भएको भन्दै त्यसका बिरुद्ध हस्ताक्षर अभियान संचालन गरेका हुन् ।

हस्ताक्षर अभियानको शुरुवात गर्दै राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अमरबहादुर थापाले यो वा त्यो ढंगले बिदेशीलाई नागरिकता दिदाँ नेपालको राष्ट्रियतामाथि खतरा उत्पन्न हुने देखिएकाले त्यसका बिरुद्ध नागरिक हस्ताक्षर अभियान शुरु गरिएको बताए ।

उनले राष्ट्रको हितका लागि बागलुङमा संयुक्त संघर्ष समिति गठन गरेर नागरिकता बिधेयक बिरुद्धमा अभियान शुरुवात भएकाले सवैलाई अभियानमा सहभागी हुन आग्रह गरे ।

नेकपा मालेका नेता मञ्जु क्षेत्रीले राष्ट्रको हित बिपरित हुने कार्यको सदैव खवरदारी गर्न आवश्यक रहेको बताउँदै नागरिकता बिधेयक संशोधन गरेर राष्ट्र र राष्ट्रियतालाई बचाउने कार्यमा दवाब दिनका लागि सवैले पहल गर्न आवश्यक रहेकोमा जोड दिइने ।
जनमोर्चाका सचिव भिमलाल पोख्रेलले संघीय संसदको प्रतिनिधि सभामा पेश गरिएको नेपालको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको बिधेयकमा कतिपय संविधानमा उल्लेख गरिएका शब्द तथा बाक्याँशलाई जस्ताको जस्तै कानुनमा आओस भनि उल्लेख गरिएका कतिपय बुँदाहरु उचित र सान्र्दभिक भएपनि धेरै कुराहरु संशोधन गर्नुपर्ने भएकाले त्यसमा ध्यान दिन आवश्यक रहेको बताए ।
चैत २७ गतेसम्म हस्ताक्षर संकलन गरि सम्वन्धित ठाउँमा पठाउने उनले जानकारी दिए । उनले राष्ट्र बचाउने अभियानमा सहभागी हुन सवैलाई आग्रह पनि गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here