नवाशहरमा ११ नगर सम्मेलन सम्पन्न

0
231
नवाशहर, १६–१७ जुन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुर पश्चिमोत्तर क्षेत्रीय समितिअन्तर्गत नवाशहर नगर समितिको ११औं सम्मेलन सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन केन्द्रीय सदस्यत तथा क्षेत्रीय अध्यक्ष प्रेम सापकोटाले गर्नुभएको थियो ।
         सापकोटाले उद्घाटन मन्तव्यमा भारत प्रवासमा श्रमजिवी नेपालीहरुको अवस्था भनै गम्भीर बन्दै गइरेहको तर राज्य पक्षा त्यसतर्फ उदासिन भएको बताउनु भयो । भारतमा नेपालीहरुका बीचमा एकता समाजले जे जति भूमिका निर्वाह गरेको छ, त्यती मात्रै राज्य पक्षले ध्यान दिएमा नेपालीहरुको ज्यू ज्यानको सुरक्षाको प्रत्याभूति हुने सापकोटाको भनाई थियो ।
         गंगुरामको अध्यक्षतामा तथा तुल वहादुर रसाइलीको संचालनबाट अगाडि बढेको उदघाटन समारोहमा अतिथीहरुको आशन ग्रहण र ज्ञात अज्ञात शहिदहरु प्रती १ मिनट मौनधारण पछि शान्ता शर्माले स्वागत गर्नु भएको थियो । अन्य अतिथिहरु क्षेत्रीय सदस्य छविलाल सापकोटा र जनजाति विभागका लालबहादुर थापाले सम्मेलन सफलताको शुभकामना मन्तव्य दिनुभयको थियो ।
        तुलबहादुर रसाईलीको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेको छ । जसमाः उपाध्यक्ष– गंगादेवी रसाईली, सचिव– थमबहादुर छन्त्याल, सहसचिव– शंकर शर्मा र कोषाध्यक्ष– गंगुराम सुनार रहेका छन् । त्यस्तै सदस्यहरुमा पार्वती देवी रसाईली, शान्ता शर्मा, सुनिता श्रीपाली, अर्जुन सुनार, वैकल्पिक सदस्यहरुमा अर्जुन कुमार, दिलबहादुर गौतम र बावुराम विक रहेका छन् । त्यस्तै सल्लाहकारहरुमा लोकनारायण रेग्मी, मान बहादुर गौतम र युद्धबहादुर रहेका छन् । क्षेत्रीय सदस्य नवविर्नाचित समितिको घोषणा क्षेत्रीय सदस्य छविलाल सापकोटाले गर्नुभएको थियो ।
            प्रमुख अतिथि मुलप्रवाह केन्द्रीय उपाध्यक्ष तथा क्षेत्रीय अध्यक्ष प्रेम सापकोटा, क्षेत्रीय सदय तुलबहादुर रसाईली, महिला क्षेत्रीय अध्यक्ष सिता सापकोटा, रक्तिम क्षेत्रीय संयोजक मनकाजी गुरुड, जनजाति क्षेत्रीय संयोजक विलबहादुर गुरुङ, विद्यार्थि विभाग कि पुजा सापकोटा, रोपड नगर समितिका लालबहादुर थापा, सिपिआइका का सोमनाथ गर्चा, सिपिआइएमका का सादि सिंह,  सिता गिरी, खत्री थापा, मंजू थापा, पार्वती रसाईली र गंगादेवी रसाईली लगायतले नवनिर्वाचित समितिलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो ।
           घोषणा सभाको अध्यक्षता लोकनारायण रेग्मीले र सञ्चालन मनिराम सापकोटाले गर्नुभएको थियो । वावुराम विक र कलाकारहरुले स्वागत गर्नु भयको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here