नवनियुक्त राजदूत शेर्पासँग परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

0
20

म्याड्रिड, स्पेन/   स्पेनका लागि नवनियुक्त नेपाली राजदुत दावा फुटी शेर्पाले आफ्नो कार्यभार सम्हाले लगत्तै नेपाली दुताबासले परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । १ डिसेम्बर २०१९ आईतबार सम्पन्न उक्त कार्यक्रममा महामहिम राजदूत शेर्पाको विशेष उपस्थिति रहेको थियो ।

कार्यक्रममा एनआरएनए युराेप उप संयाेजक मुक्त बहादुर गुरुङ, अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्य सुनिल रानाभाट, एनआरएनए स्पेनका अध्यक्ष दिनेश गुरुङ, एवं स्पेन स्थित नेपाली संघसंस्थाहरुका प्रतिनिधि लगायत नेपाली समुदायको उपस्थिति रहेको नेपाली दुतावास म्याड्रिडले जनाएको छ ।

कार्यक्रममा  दूतावासको कामलाई सहजिकरण गर्न र नेपाल भ्रमण बर्ष २०२० सफल बनाउन नवनियुक्त राजदूत शेर्पाले पर्यटन प्रर्बद्धन कक्ष तथा एनआरएनए हेल्प डेक्स हस्तान्तरण गर्नुभएको थियो । उहाँले आगामी योजना र कार्यक्रमहरुमा स्पेन स्थित संघ संस्था र नेपाली समुदायसंग सहकार्य गर्दै अघि  बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै उहाँले स्पेन स्थित नेपाली समुदायबाट सहयोगको अपेक्षा समेत गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here