(नमीठो पल) एउटा यथार्थ घटना (त्यो कालो दिन)

0
331

आँखा खुल्यो मध्यरातमा अनि समय हेरेँ एक बज्न लागेको रहेछ ।यसो मोबाईल तिर नजर लगाएँ आज साउन बाह्र गते रहेछ झसङ्ग भएँ। झन्डै नौ बर्ष अगाडिको त्यो कालो दिनको स्मरण भयो । बाह्र बर्षकी थिएँ त्यतिबेला जिन्दगीको सबैभन्दा नमिठो पल सम्झिन्छु …..

सोमबारको दिन थियो गलेश्वर पूजा गर्न आउने भक्तजनको घुइचो थियो । दिनभरी भारी वर्षाले आवतजावत मा निकै समस्या परेको थियो ।म मेरी हजुरामा र प्यारी साथी बिनिता बहिनी सुभाश्री बेनि बसपार्कबाट तातोपानी जाने बसमा चढ्यौ बसमा निकै कोचाकोच थियो केही नदेखिने गरि भरिएका थिए। निकै मीठो गफ गर्दै हामी मंगलाघाट सम्म पुगेका थियौँ ।अचानक आवाज आयो बसका यात्रुहरूबाट…..
गयो’ गयो गयो ……..

बर्खा मास पहिरो गएहोला भनेर म झ्यालबाट टाउको निकालेर हेर्न खोज्दैथेँ एक्कासि झ्याम्मै टाउको ठोक्कियो बल्ल थाहा पाएँ पहिरो रहेन्छ बस पो गुल्टिएको रहेछ ….तीन पटक सम्म त टाउको बजारिएको थियो । यत्ती याद छ जब आँखा खुल्यो बस देखि पनि तल पुगेकी रहेछु म भन्दा सबै माथी नै अड्किएका रहेछन् ।सबै रगतले लतपत कसैको टाउको फुटेको कसैको हात खुट्टा छुट्टिएको …..रगतको खोला बगेको थियो म त्यही रगत र पानीले म पुरै भिजिसकेकी रहेछु जताततै लासहरू कोहि जिउदा रोइरहेका थिए…..
बचाउ बचाउ भनेर ….

मेरा कपडा सबै च्यात्तिएको रहेछ । यताउता हलचल गर्न नसक्ने अवस्थामा पुगेकी रहेछु ।पारीबाट खेत रोप्दै गरेका खेतालाहरू आएर सबैलाई उठाउदै गाडिमा राख्दै थे म सानो भएर कसैले देखेनन म खाल्डोमा खसेकी थिएँ एक्कासि चिच्याएँ रोएँ
बचाउ म यहाँ छु……..

सबै तल आए मलाई बोकेर एम्बुलेन्समा हालियो बिनिता र बहिनी सुबाश्रीलाई खासै चोट लागेको रहेन्छ बिनुले मलाई सम्झाउदै थिइन म झन पीडा असहनिय भयो डाको छोडेर रुन थालेँ हस्पिटल पुर्याइयो मेरो स्थिति नाजुक हुनाले उतिखेरै पोखरा पठाइयो ।

ठुलोबा भएकै कारण मैले समयमा उपचार पाएको हुनुपर्छ।उहाँले मलाई पोखरा लिएर जानुभो जब मिलनचोक पुगेँ हजुरामाको याद आयो ।

मैले हजुरामा खै भनेर सोधेँ तब ठुलोबाबालाई थाहा भयो म सँग हजुरामा पनि हुनुहुन्थ्यो भन्ने कुरा …..मेरो एक हर नचल्ने भएकाले म एकदम छट्पटीएकि थिएँ पोखरा पुर्याइयो मनिपाल शिक्षण हस्पिटलमा भर्ना गराइयो एक्सरे गर्दा ढाडको मानिहाड फुस्किएको रहेछ।

बाबा आउनुभो अंगालो हालेर बेस्सरी रुनुभयो त्यतिबेला सम्म मलाई परिवारको याद आएन सायद पीडाले सब बिर्सिएकी थिएँ ।बुबाले हजुरामालाई घर छोडेर आउछु भनेर झन्डै दस दिन सम्म आउछु भन्दै टार्दै गर्नुभएको थियो ।

तीन दिनमा अप्रेसन गरियो दिनमा पचास साठी पटक मेरा हातमा सुई घोचिरहन्थे म रुन्थेँ एक एक घन्टामा आएर सुइले कोप्दा म बेस्सरी रोइदिन्थेँ डाक्टरहरू रिसाउथे । मेरो दिमागमा यति धेरै असर परेको थियो कि जो पनि पल्टिएको देख्थेँ आँखा मा झल्झली त्यहि दुर्घटना आइदिन्थ्यो।

मेरो परिवार कहिले आउला भन्दै कुर्दै गरेकी थिएँ तर आएनन् । हजुरामा बितिसक्नुभएको रहेछ पछि थाहा भयो झन पीडा थपियो मलाई अत्याधिक माया गर्ने हजुरामा नै हुनुहुन्थ्यो ।म उहाँकै अगाडि पछाडी गरेर बालापन कटाएकी थिएँ ।अत्याधिक माया गर्ने मान्छे गुमाउनुको पीडा कुनै शब्दमा उतार्न सक्दिनँ……..

त्यो दिनदेखि आजसम्म यो दिनलाई म नमिठो पल कालो दिन सम्झन्छु जसले मेरो सबथोक लुटेको थियो……

धेरैले प्रश्न गरेका थिए सुमी तँ किन पानीदेखी डराउछेस…….आज भन्छु हो मलाई डर लाग्छ पानी देखि बिशेष गरेर साउन को झरी…. यो झरीले मेरो जिन्दगीको कैयौं खुशी लुटेको छ ……..

मेरो परिवारलाई लथालिङ्ग पारेको थियो । गाउँमा यो हिड्न सक्दिने अपांग यताउता को नाम दिन्थे म बेस्सरी रोइदिन्थे आखिर म गर्न पनि के सक्थेँ र। आज हिड्न आफै काम गर्न सक्छु र पनि प्यारो बन्न सक्दिनँ यदि म बिस्तरामै लडेको भए कति बोझ हुन्थेँ होला। अचेल यसैमा चित्त बुझाउछु ज्युँदो छु र जिन्दगीलाई ज्युन सिकेकी छु ।

म आजपनी त्यो दिन सम्झिदा आँखा रसाउछ मन भक्का निएर भित्र भित्रै मुटु चिमोटिन्छ भन्न त भन्छन् दोस्रो जन्म हो तेरो तर यो मन मान्दैन मनमा खुशी उमंग छैन जुन दिन त्यतिधेरै मान्छेको रगतको खोली बगेको थियो कति अनाथ भए कतिले सन्तान गुमाए कति अपांग भए कति अझै बिस्तारामै लडिरहेका छन् ।

आजपनी भित्र भित्रै गल्छु तर भुल्नै पर्ने हुन्छ आखिर अविस्मरणीय याद हो यति सहजै कहा मेटाउन सकिन्छ र….यत्ती चाह छ यो दिन कहिल्यै कसैलाई न आआेस कसैमाथि नघटोस एउटा यथार्थ सत्य घटना सुझाब को अपेक्षा ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here