हिजो म चुकेर बसें

0
66

गजल

  • नवीन बस्याल, प्यूठान
    हाल जापान

हुन्छ बिकाश भने नेता म झुकेर बसें
युवा अबस्थामा घरमै म लुकेर बसे !!

रहिछ खाँचो यो देशलाई युवा जंगको
अब नभुलौं साथी हिजो म चुकेर बसें  !!

रोजगार छैन युवा सबै परदेशमा
आँखा खोल ब्यूँझ पहिले म ढुकेर बसें  !!

शहर झलमल्ल गाँउघर अध्यारोमा
बेईमान भए गफैगफ फुकेर बसें !!

कहीं जिन्दाबाद त मुर्दाबाद नारा थिए
लैलैमा भएको खेतबारी थूकेर बसें !!

न आयो समाजबाद न आयो साम्यबाद
तर घोक्याउदै गाउँ बस्ती भुकेर बसेें !!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here