नगरिकता संशोधन बिधेयक आउँदैछ, होसियार : दुर्गा पौडेल

0
544

माघ १९, धनगढी । राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलले आउँदै गरेको नगरिकतामा संशोधन बिधेयकप्रति सम्पूर्ण नेपाली जनतालाई होसियार रहन आव्हान गर्नुभएको छ । पौडेलले राष्ट्रिय जनमोर्चा कैलालीको आयोजनामा सम्पन्न विरोध सभालाई सम्बोधन गर्दै सो आव्हान गर्नुभएको हो ।

पार्कमोडमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाकी नेतृ पौडेलले भन्नु भयो– “मधेशलाई नेपालबाट अलग गराउने चलखेल हुँदैछ, नगरिकतामा संशोधन गर्ने बिधेयक आउँदै छ, होसियार रहनु होला ।” वहाँ अगाडि भन्नु भयो– “गैरनेपालीहरुलाई नागरिकता दिएर संसदमा छिमेकीहरुले बहुमत पुर्याउने खेलमा छिमेकी नै लागि परेको छ ।” नेपालको तंराईलाई अलग गरी सिक्किमिकरण गर्ने प्रयास भईरहेको उहाँको भनाई रहेको थियो ।

पौडेलले नेपाली जनतामाथि जबरजस्ती संघीयता लादिएको समेत जिकिर गर्नुभयो । “संघीयता नेपालीको एजेण्डा होइन, यो त विदेशीहरुको डिजाइनमा ल्याइएको हो ।” मधेशका जनताले गर्ने आन्दोलन मधेशको जनतालाई हक अधिकार दिनको लागि भएता पनि मधेशीबादी दलहरुले गर्ने आन्दोलन छिमेकीको इशारामा हुने गरेको पौडेलको आरोप रहेको छ ।

विरोध कार्यक्रमका संयोजक हरिकृष्ण पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य नन्दराज भट्ट र कैलाली जिल्ला अध्यक्ष लक्षिराम आचार्यले पनि सम्बोधन गर्नु भएको थियो ।

संघीयता खारेजी, विखण्डन र प्रतिगमनका खतराको विरुद्ध संघर्ष गरौँ, महंगी, भ्रष्ट्राचार हत्या हिंसा र वलात्कारको अन्त्य गरौँ’ भन्दै सरकारका विरुद्ध राष्ट्रिय जनमोर्चाले विरोध सभा गरेको हो । बिरोध र्याली धनगढीको ट्रफिक चौराहादेखि पार्कमोडसम्म गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here