नई दिल्लीमा मूल प्रवाहको संगठन विस्तार

0
311

नई दिल्ली, ४ डिसेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नई दिल्ली नगर समितिद्वारा संचालित पश्चिम दक्षिण दिल्ली एरिया समिति अन्तर्गत बसन्तकुन्ज किसनगढमा कमल सिंहको पहलकदमी तथा केन्द्रीय सचिव ठाकुर खनाल एवं पश्चिमोत्तर क्षेत्रीय सल्लाहकार कमल रायमाझीको विशेष उपस्थितिमा श्रमजिवी नेपालीहरु बीच भेला सम्पन्न भएको छ ।

भेलामा ठाकुर खनालले संगठनको लक्ष्य र उद्देश्य बारे प्रशिक्षण पश्चात कमल सिंहको अध्यक्षता एक स्थान रिक्त रहने गरि ७ सदस्यीय बसन्तकुन्ज किसनगढ टोल समितिको गठन भएको छ । जसमा सचिव हेमलाल भण्डारी, कोषाध्यक्ष सुरज परियार, सदस्यहरुमा यनुराज पुन मगर, छविलाल कार्की र यमलाल पुन हुनुहुन्छ ।

त्यसैगरी संचालित पुर्वी दिल्ली एरिया समिति अन्तरगत पर्ने मालवीय नगर हौजरानीमा कमल सिंहको पहल कदमीमा क्षेत्रीय सल्लाहकार कमल रायमाझी नई दिल्ली नगर कोषाध्यक्ष राम बहादुर जिएमको विषेश उपस्थितिमा एक राज ब्रमेलको अध्यक्षतामा एक स्थान रिक्त रहने गरि सात सदस्यीय मालविय नगर हौजरानी टोल समिति गठन भएको छ जसमा सचिव रविन पुन मगर, कोषाध्यक्ष मनोज चौधरी, सदस्यहरुमा कमल सिंह, गोविन्द नेपाली हुनुहुन्छ ।

त्यस्तै नई दिल्ली नगर समिति द्वारा संचालित मध्य दिल्ली एरिया समिति अन्तर्गत कोटलामा नगर उपाध्यक्ष तथा एरिया अध्यक्ष तिलक खनालको विषेश उपस्थितिमा सम्पन्न भेलामाले रामलाल पौडेलको अध्यक्षतामा पाँच सदस्यीय कोटला टोल समिति गठन भएको छ । जसमा सचिव कृष्ण आचार्य, कोषाध्यक्ष दिनेश बुढाथोकी, सदस्यहरुमा राम बहादुर रायमाझी र नाम देव घिमिरे रहनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here