धोनीको बल्ला चल्यो, अष्ट्रेलियामा भारतले ७० वर्षपछि जित्यो दुबै प्रारुपको क्रिकेट

0
189

मेलबर्न । अष्ट्रेलिया र भारत बीच अष्ट्रेलियामा भएको टेष्ट सिरिज र एक दिवशीय सिरिजमा भारतीय टोली विजयी भएको छ । यसरी भारतले ७० वर्ष पछि पहिलो पटक दुबै प्रारुपको खेलमा विजयी भएको हो । भारतीय टोलीले टेष्ट सिरिज २–१ र एक दिवशीय सिरिज पनि २–१ ले नै विजयी भएको हो ।

अन्तिम एक दिवशीय खेलमा स्पिन गेंदवाज युजवेंद्र चहलको फिरकीको जादुई वलिङको अगाडि मेजवान टोलीले ५० ओभरको खेलमा केवल २३० को लक्ष्य भारत सामु राखेको थियो । जुन लक्ष्य भारतीय टोलीले केवल ३ विकेट गुमाउँदै पुरा गरेको थियो । चहेलले आफ्नो १० ओभर बलिङमा ४२ रन खर्चेर ६ विकेट हात पारेका थिए ।

तर भारतीय टोली पनि शुवाती खेलमा लड्खडाएको थियो । ओपनिङ बेट्समेन रोही शर्मा निजी ९ रनमा र शिखर धवन निजी २३ रनमा आउन भएका थिए । यसरी संयुक्त ५९ रनमा २ विकेट गुमाएको भारतीय टोलीका कप्तान विराट कोहलीले निजी ४६ रन संयुक्त खातामा जोडेका थिए । त्यस पछि महेन्द्र सिंह धोनी र केदार जाधवले टोलीलाई विजयी खेल खेलेका थिए । सिंह र जाधवले चौथो विकेटका लागि संयुक्त १२१ रन जोडेर २३४ रन बनाई टोलीलाई विजयी दिलाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here