धार्मिक कानुन प्रणाली भन्दा समाजवादी कानुन प्रणाली उत्कृष्ट विषयक बादविवाद प्रतियोगिता सम्पन्न

0
349

चैत्र ४, सुर्खेत । कानुन विषय अध्ययनरत विद्यार्थीहरुका बीच सोमबार वीरेन्द्रनगरमा बादविवाद प्रतियोगिता सम्पन्न भएको छ ।वीरेन्द्रनगर ३ तातापानीमा रहेको एड्भान्स वेटर ईङ्गिलस मेडियम सेकेण्डरी स्कुलमा कक्षा ११मा अध्ययनरत विद्यार्थीहरुका बीचमा ‘धार्मिक कानुन प्रणाली भन्दा समाजवादी कानुन उत्कृष्ट’ विषयक बादविवाद प्रतियोगिता सपन्न भएकोछ ।
सोमबार सम्पन्न उक्त प्रतियोगितामा कुल २० जना बिद्यार्थीहरु सहभागि भएका थिए । प्रतियोगितामा सहभागि सबैलाई पछि पार्दै प्रकाशराज उपाध्यायले प्रथम स्थान हासिल गरेकाछन । यसैगरी रश्मी शाहीले दोस्रो र अञ्जली रानाले तेस्रो स्थान हासिल गरेकी छन् । प्रतियोगिताका विजेता हरुलाई पुरस्कार र प्रमाण पत्र विद्यालयका शिक्षक एंव अधिवक्ता गीता कोईराला, अधिवक्ता हस्तराज रेग्मी र प्रबन्ध निर्देशक जीवन शाहीले प्रदान गरेका थिए । प्रतियोगिता विद्यालयकै छात्रा पार्वती विष्टको संचालन र शक्ति शाहीको सभापतित्वमा सम्पन्न भएको हो । विद्यार्थीहरुको वक्तित्वकला, तार्किक क्षमता र आत्मविश्वास अभिवृद्धि गर्ने उदेश्यले प्रतियोगिता आयोजना गरिएको प्रवन्ध निर्देशक शाहीले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here