धर्तिभरका सारा विकृतिकाे स्राेत सत्ता

0
201

प्रेम सागर पौडेल

नेपाली समाजमा सत्ता, शक्ति, आडम्वर र तडकभड्क सर्वमान्य सार्वभौमिकता जस्तै भएका छन् । तर, म यसलाई ज्यादै विकृत र घृणित ठान्दछु ।

नेपाली समाजमा मात्र होईन धर्तिभरि जे जस्ता सामाजिक विकृति–विसंगति छन् ती सारा कुराहरुको स्रोत सत्ता नै हो भन्ने मेरो ठम्याई छ । त्यसैले म सत्तालाई पुजनीय होईन निन्दनीय मान्दछु, सत्ताधारिलाई माननीय होईन कलंकित पात्र ठान्दछु ।

प्रसङ्गवस एउटा कुरा जोडौंः–
कुपोन्डोलको एउटा विशेष बैठकमा मैले भनेको थिएँ– “मन्दिरको पुजारी र बेश्यावृत्ति गर्ने गराउने ठाँउकी महिलाको प्रवृतिबारे ।” आज त्यो कुरा कति राम्रो वास्तविकतामा परिणत भयो भन्ने कथाकथित मन्त्रि महासयहरुलाई मनन् भयो होईन ?

जीवनमा विविध परिघटनाले नजिकको संगत र सम्बन्ध परेका दर्जनांै मनुवा प्रदेशस्तरको मन्त्री लगायतको जागिरमा भर्ति भैसकेका थिए । आज विशेष प्रवृतिको नायकत्व लिएका दुई मनुवा केन्द्रीय मन्त्रीको जागिरमा भर्ति भएछन् । अहिले यति मात्र भनौँ– “तिम्रो क्रान्तिकारीताको नौटङ्किबारे उतिबेलै भनेको कुरा याद आउला कि नआउला कुन्नि ।”
कुरिकुरि !!!!!!
तिमीहरु जस्ता पात्रले आज, अहिले र जहिले पनि भनेको र बोलेको कुरा यस्तै प्रवृतिको पहिचायक हुँदैन भन्ने कुनै आधार छ ?

एउटा अर्काे विषय पनि थपौं ः–
हिँजो सिरियमाथि भएका आक्रमणका केही दृश्यहरुले आज धेरै स्थान पाए । मानवीय समवेदना देखाउनु राम्रो कुरा हो । म युद्धमा प्रत्यक्ष संलग्न भएका हतियारधारी व्यक्तिको मृत्युुलाई स्वाभाविक मान्दछु । तर, युद्धमा सामेल नभएका र हतियार विहिन व्यक्तिको हत्यालाई निन्दनीय । चाहे त्यस्तो काम जनवादी क्रान्तिका नाममा मेरा नायकहरुले नै किन नगरुन ।

सिरियामाथिको आक्रमण नयाँ होइन, साम्राज्यवादीहरुको यो स्वाभाविक र सामान्य कार्य हो । चाहे जस्तो सुकै गरिव राष्ट्र किन नहोस् त्यहाँ युद्ध थोपर्न पाउँदा सामाज्यवादलाई कति लाभ मिल्छ भन्ने कुराको वर्णन गर्न अहिले सम्भव छैन । तर, यति कुरा बुझ्नुहोला शक्तिराष्ट्रका लागि युद्ध भन्दा लाभको धन्दा मेरो बुझाईमा धर्तिमा अहिलेसम्म अस्तित्वमा आएकै छैन । पिठ्युतिर बन्दुक लुकाएर हातमा तेल लिएर आउँदा साम्राज्यवादका अगाडि बुङ्गैहुनेहरुले पनि आज मानवीय सम्वेदनाको वकालत गर्दै साम्राज्यवाद मुर्दावादसम्म भन्न भ्याए !

साम्राज्यवाद कति खतरनाक छ ?ः–
धेरै मान्छेले यस्तो कुरा अवश्य पत्याउन सक्नुहुन्न भन्ने मलाई थाहा छ । तर, कुरा कतिसम्म गम्भिर छ भने– हातमा मोवाईल थमाएर, टिभिमा फिलिम देखाएर, लोग्नेलाई खाडीमा पठाएर, स्वास्निलाई होटलमा भित्राएर, परम्परागत सारा उत्पादन सम्बन्ध र रैथाने वालीनालीको बीउसम्म भुटेर, स्कुललाई अंग्रेजी भिराएर, वाहुनलाई बाईवल बोकाएर, मगरलाई चर्चमा सुताएर, विद्वान भैटोपलेकालाई आईएनजिओ भुण्डाएर, … यस्ता लाखलाख कृत्य गरेर मान्छेरुपी असंख्य आकृतिलाई हरक्षण साम्राज्यवादीहरुले लास बनाएको कुरा हामीले न कहिल्यै बुझ्नु पर्ने न आफु नै । त्यस्तै बनाईएको त छैन भनेर आफैलाई न कहिल्यै चिमोट्नु पर्ने !
अचम्म लाग्छ हाम्रो मानवीय संवेदना देख्दा !!!!!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here