धनुषामा बम विस्फोटन प्रहरी निरिक्षक सहित तीन जनाको मृत्यु

0
99

जनकपुरधाम/ शुक्रबार राति धनुषामा बम विष्फोट भएको छ । उक्त बम विस्फोटमा परी प्रहरी निरीक्षक इलाका प्रहरी कार्यालय (सखुवा, महेन्द्रनगर)का प्रहरी निरीक्षक अमिर दाहाल सहित तीन जनाको मृत्यु भएको छ ।

बिस्फोटनमा क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरका स्थानीय ४६ वर्षका राजेश्वर साह र उनका छोरा अन्दाजी २४ वर्षका आनन्द साहको घटनास्थलमै मृत्यु भएको थियो भने प्रहरी निरीक्षक दाहालको उपचारका क्रममा बीपी कोइराला विज्ञान प्रतिष्ठान धरानमा शनिबार बिहान ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

शुक्रबार राति इलाका प्रहरी कार्यालय नजिकै रहेको मृतक साहको घरमा झुण्डिएर राखिएको उक्त बम प्रहरी निरीक्षक दाहालसहितको टोलीले छोएलगत्तै विस्फोट भएको थियोे ।

घटनामा परि साहका १४ वर्षीय कान्छा छोरा प्रेम साह, छोरी अञ्जली साह र ७० वर्षीय बुवा भिखारी साह घाइते भएका छन् । घाईतेहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here