दोस्रो विश्व किसान सम्मेलन बङ्गलादेशमा हुने

0
191
काठमाडौं/
आईसीओआरको एसियायी कोअर्डिनेशन कमिटीको हालै भारतको मुम्बईमा सम्पन्न बैठकले दोश्रो विश्व किसान सम्मेलन हन २०२० को फेव्रुअरी अन्तिम साता बङ्गलादेशमा गर्ने निर्णय गरेको छ । साथै बैठकले विगतमा काठमाडौंमा सम्पन्न प्रथम विश्व किसान सम्मेलनमा आर्थिक कठिनाइका  कारण धेरै देशहरूबाट प्रतिनिधित्व हुननसकेको आगामी सम्मेलनमा उक्त अवस्था आउन नदिन सबैतिर आर्थिक अभियान संचालन गर्ने कुरा नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यसैगरी १८ नोभेम्बर २०१९ मा मुम्बईमा एसियायी मजदुरहरूको विचार गोष्ठी  गर्ने र साम्राज्यवाद विरोधी, फासिवाद विरोधी संयुक्त मोर्चाको गठनका लागि काठमाडौँमा अन्तर्राष्ट्रिय सम्मेलन निर्णय भएको साथै काश्मिर लगायतका कतिपय विषयमा प्रस्ताबहरु पारित गरीएपनि तत्काल सार्वजनिक नगरिएको  विज्ञप्तिमा जनाइएको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here