दोस्रो मोना कप खुल्ला भलिबल प्रतियोगिताको उपाधि स्याङ्जालाई, उपविजेता बन्यो बाग्लुङ ।

0
105
विजेता स्याङ्जा सहयोग समाज स्पेनका खेलाडीहरू

बार्सिलोना । म्याग्दी प्रवासी नेपाली संघ (मोना) स्पेनले आयोजना गरेको एकदिवसीय दोस्रो मोना कप खुल्ला भलिवल प्रतियोगिताको फाइनल खेलमा बाग्लुङ समाजलाई पछि पार्दै स्याङ्जा सहयोग समाज स्पेनले प्रथम स्थानको उपाधी हात पारेको छ । यसैगरी बाग्लुङ समाज स्पेन उपविजेता बनेको छ ।

उपविजेता बाग्लुङ समाज स्पेनका खेलाडीहरू

आइतबार बार्सिलोनामा सम्पन्न उक्त प्रतियोगितामा बाग्लुङ समाज स्पेन, स्याङ्जा समाज स्पेन, नेपाली जनसम्पर्क समिति स्पेन, एनआरएन स्पेन, मंगोलियन ग्रुप म्याड्रिड स्पेन र आयोजकको तर्फबाट दुईवटा टीम गरी सात टिमले भाग लिएका थिए । एनआरएन स्पेनका अध्यक्ष चिन्तामणि सापकोटाद्वारा सर्विस गरेर प्रतियोगिताको उद्घाटन गरिएको थियो । मोना स्पेनका अध्यक्ष लक्ष्मण खत्रीको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहको  संचालन महासचिव रामप्रसाद सापकोटाले गरेका थिए । उद्घाटन समारोहमा स्पेनमा कार्यरत बिभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here