देश संघीयताको भुमरीमा फसीसकेको छ, यसलाई अब तुरुन्तै खारेज गर्नुपर्दछ : हरि आचार्य

0
3241

चेन्नैमा १६औं ऐतिहासिक नगर सम्मेल सम्पन्न

चेन्नई, २७ मई । देश संघीयताको भूमरीमा फसिसकेले अब यसलाई तुरुन्तै खारेज गर्नु पर्ने पूर्व सांसद हरि आचार्यले बताउनु भएको छ । आचार्यले मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नई पूर्व, पश्चिम, उत्तर र दक्षिण नगर समितिको ऐतिहासिक संयुक्त १६औं नगर सम्मेलनको उद्घाटन भाषणमा सो अभिव्यक्ति दिनुभएको हो । अब सम्पूर्ण देशभक्त जनतान्त्रिक शक्तिहरु राष्ट्रियताको रक्षाको लागि एकजुट हुनु पर्ने आवश्यकतामा समेत आचार्यले जोड दिनु भयो ।

“आज देश संघीयताको भुमरीमा फसीसकेको छ, त्यसैमा भारतीय बिस्तारबाद र यूरोपियन यूनियनले नेपालमा हमेस जातीय संघीयता लादेर अस्थिरता फैलाउन चाहान्छन ।, यो विषम परिवेशमा सम्पूर्ण देशभक्त जनतान्त्रिक शक्तिहरु राष्ट्रियताको रक्षाको आन्दोलनमा एकजुट हुनु पर्ने आवश्यकता छ ।” नेता आचार्यले भन्नु भयो– “देशका प्रमुख राजनीतिक पार्टीहरू हमेसा विदेशी शक्तिहरुको गोटी बन्नाले देशको सुरक्षामा आचपुगी रहेको छ ।”

उद्घाटन भाषणको क्रममा आचार्यले भारतमा रहेका नेपालीहरूको हकहित र सुरक्षाको प्रत्याभूतिका साथै आ–आफ्नो स्थानबाट मतदान र संसदमा समानुपातिक प्रतिनिधित्वको बिषयमा समेत जोड दिनु भयो ।

उद्घाटन कार्यक्रमको अध्यक्षता संयुक्त सम्मेलन तयारी समितिका संयोजक केशमान नेपालीले र सञ्चालन उमानन्द आचार्यले गर्नु भएको थियो । अथितिको आशन ग्रहण पश्चात सहिदहरूको सम्झनामा एक मिनेट मौनधारण गरेपछि उपस्थित जनमानसलाई संगीतबाट रक्तिमका कलाकारहरुले र शब्दबाट लोकेन्द्र पौडेलले स्वागत गर्नुभएको थियो । सम्मेलनको उद्घाटन प्रमुख अतिथि हरि आचार्यले तालिको करतालमा पानस जलाएर गर्नु भएको थियो ।

सम्मेलनमा बिशिष्ट बक्ता राष्ट्रिय जनमोर्चाका केन्द्रीय सचिव हिमलाल पुरी, राजमो केन्द्रीय कार्यालय ब्यबस्थापक कुलबहादुर थापा, मूल प्रवाह केन्द्रीय उपाध्यक्ष देवबहादुर लामीछाने, मूल प्रवाह केन्द्रीय सदस्यहरू भीम बहादुर थापा, महेन्द्र बस्याल, याम प्रसाद शर्मा, मदन शर्मा, मोहराज चालीसे, विद्यार्थी संघका केन्द्रीय सदस्य नरबहादुर विक, क्षेत्रीय कोषाध्यक्ष शेरबहादुर विक, क्षेत्रीय सदस्य लक्ष्मी पंथी, क्षेत्रीय प्रतिनिधि दयाराम खनाल र चन्द्रकान्ता शर्माले सम्मेलन सफलताको शुभकामना मन्तव्य दिनुभएको थियो ।

चेन्नई पश्चिमः

अध्यक्ष– हेमराज रिजाल, उपाध्यक्ष– अर्जुन केसी, सचिव– हिरामणी शर्मा, सहसचिव– याम कुमार नेपाली र कोषाध्यक्ष– बुद्धिराम पौडेल रहेका छन् । त्यस्तै सदस्यहरूमाः पशुपति शर्मा, हरि जीसी, नेत्र शर्मा, पदम पौडेल, प्रेम नेपाली, पुष्पा पौडेल, गंगा थापा, राजु अधिकारी, कृष्ण ढकाल, डोलबहादुर नेपाली बैकल्पिक सदस्यहरूमाः मोहराज चालीसे, शेरबहादुर राना, भूपि पौडेल र सारदा खनाल रहेका छन् । त्यस्तै सल्लाहकारमाः इन्द्र नेपाली, भिमा खनाल, रमाकान्त शर्मा, डिलबहादुर जिएम, टेकबहादुर थापा, एकादेव शर्मा, नरबहादुर थापा र दुर्गाबहादुर रायमाझीलाई चयन गरिएको छ । सम्मेलनले १५ पूर्ण ४ बैकल्पिक र ८ सल्लाहकार गरि २७ सदस्यीय चेन्नई पश्चिम नगर समिति चयन गरेको छ ।

चेन्नई उत्तरः

अध्यक्ष– उमानन्द आचार्य, उपाध्यक्ष– देवी ढकाल, सचिव– मोहराज सुवेदी, सहसचिव– रमेश विसी र कोषाध्यक्ष– सुकादेव शर्मा रहेका छन् । त्यस्तै सदस्यहरूमाः बिक्रम केसी, फूलमाया केसी, रेशम थापा, नरबहादुर गुरूङ, नारायण पौडेल, भवानी प्रसाद जिटी, रामु चालीसे, रमेश पौडेल, बैकल्पिक सदस्यहरू नरबहादुर विक, गिता शर्मा पौडेल, तिलकबहादुर विक र तारा शर्मा रहेका छन् । सम्मेलनले सल्लाहकारमाः कोपिलामणी शर्मा, तिलक राम जीटी, बालाकृष्ण केसी, गोपाल विक, कृष्ण कुमारी थापा, मदन सिंह ठकुरी र महेन्द्र भन्डारीलाई चयन गरेको छ । सम्मेलनले १३ पूर्ण ४ बैकल्पिक र ७ सल्लाहकार गरि २४ सदस्यीय उत्तर नगर समिति चयन गरेको छ ।

चेन्नई दक्षिणः

अध्यक्ष– शिव पंथि, उपाध्यक्ष– खगराज शर्मा, सचिव– लोकेन्द्र पौडेल, सहसचिव– उमानन्द शर्मा र कोषाध्यक्ष– जीवन शर्मा रहेका छन् । त्यस्तै सदस्यहरूमाः लक्ष्मी पन्थी, कमल बसेल, कृष्ण पौडेल, पदम विक, चुडा मणि शर्मा, हीरा गिरी, लक्ष्मी आचार्य, दुर्गा सुवेदी, बैकल्पिक सदस्यहरू भरत जीसी, भवानी प्रसाद पोख्रेल, गोरख रैकाल र रनबहदुर थापा रहेका छन् । सम्मेलनले सल्लाहकारमाः ज्योतिनारायण सुवेदी, निमबहादुर थापा, रामकुमार केसी, कमल थापा, टिकारमा नेपाली, रोम बहादुर सापकोटा, कृष्ण प्रसाद शर्मा, प्रेम थापा र भिम प्रसाद पोखरेललाई चयन गरेको छ । सम्मेलनले १३ पूर्ण ४ बैकल्पिक र ९ सल्लाहकार गरि २६ सदस्यीय दक्षिण नगर समितिको चयन गरेको छ ।

चेन्नई पूर्बः

अध्यक्ष– चन्द्रबहादुर थापा, उपाध्यक्ष– ओमकान्त शर्मा, सचिव– कोटी प्रसाद पोख्रेल, सहसचिव– टिका थापा र कोषाध्यक्ष सुर्य भुसाल रहेका छन् । त्यस्तै सदस्यहरूमाः बोमलाल बसेल, काशीराम शर्मा, लोकप्रसाद पराजुली, कमल प्रसाद रेग्मी, रबि अधिकारी, दयाराम विक, लक्ष्मण चालीसे, नबिन थापा बैकल्पिक सदस्यहरूमाः बालाराम कालाथोकी, फनाराम काला थोकी, बिष्णु बहादुर थापा र प्रेम थापा रहेका छन् । त्यस्तै सल्लाहकारमाः मानबहादुर केसी, बिष्णु विक, सुर्य परियार, बिमलबहादुर लामीछाने, पदम गिरी र लक्ष्मी चालीसेलाई चयन गरेको छ । सम्मेलनले १३ पूर्ण ४ बैकल्पिक र ६ सल्लाहकार गरि २३ सदस्यीय पूर्ब नगर समितिको चयन गरेको छ ।

नवनिर्वाचित चारवटै नगर समितिको घोषणा पश्चिमको महेन्द्र बस्याल, पूर्बको याम प्रसाद शर्मा, दक्षिणको मदन शर्मा र उत्तरको देब बहादुर लामीछानेले गर्नुभएको थियो ।

घोषणा सभाको अध्यक्षता ज्योतिनारायण शर्माले र सञ्चालन कोटी प्रसाद पोखरेलले गर्नुभएको थियो । अथितिहरूको आसन ग्रहण पछि उपस्थित जनमानसलाई रक्तिमका कलाकारहरु र हेमराज रिजालले स्वागत गर्नुभएको थियो ।

संयुक्त १६औ नगर सम्मेलनलाई भव्य र प्रभावशाली बनाउन नगर स्तरीय भलिवल खेलको पनि आयोजना गरिएको थियो । उक्त खेलमा ७ टिमले भाग लिएका थिए । खेलमा कड़ा प्रतिस्पर्धा पछि पूर्ब नगर समितिको सी टिम प्रथम र पूर्बकै डी टिम द्वितीय भएका थिए । बिजयी टिमहरूलाई प्रमुख अतिथि हरि आचार्य र बिशिष्ट बक्ता राजमोका केन्द्रीय सचिव हिमलाल पुरीजीले पुरस्कार हस्तान्तरण गर्नुका साथै बधाई समेत दिनुभएको थियो ।

नबनिवार्चित पदाधिकारीहरू हरी आचार्य, हिमलाल पुरीजी, कुल बहादुर थापा, देवबहादुर लामीछाने, भीम बहादुर थापा, महेन्द्र बस्याल, याम प्रसाद शर्मा, मदन शर्मा, मोहराज चालीसे, सुर्य थापा, शेरबहादुर विक, लक्ष्मी पंथि, दयाराम खनाल, चन्द्रकान्ता शर्मा, विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष बिक्रम केसी, प्रवासी नेपाली संघ भारतका केन्द्रीय संगठन बिभागका सदस्य तथा राज्य समितिका सचिव दुर्गा पौडेल, अखिल भारत नेपाली एकता मंच राज्य सदस्य उदय जिएम, जनसम्पर्क समिति क्षेत्रीय अध्यक्ष कमल गुरूङ लगायतले बधाई दिनुभएको थियो ।

कार्यक्रमको बिचबिचमा रक्तिमका कलाकारहरूले गित र नृत्य प्रस्तुत गरेर जनमानसलाई उत्साह प्रदान गरेका थिए ।

सम्मेलन चेन्नईको आन्नानुरमा अवस्थित रेलवे क्वाटर हलमा सम्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here