देश विकास गर्ने सामाजिक अभियंताले कि सरकारले ?

0
177
भक्त दाँगी

खबरदार सरकार !! होशियार धूर्मूस सुन्तली !!
आज भोली पत्रपत्रिका समाचार र समाजिक संजालमा वायरल खबर पढदा यो शीर्षक “खबरदार सरकार !! होशियार धूर्मूस सुन्तली !!” लेखन आफुलाई रोक्न सकिन । किन भने म अशक्त असमवेदनशील रहन सक्दैन । सरकारले धुर्मुस सुन्तलीको फाउण्डेशनलाई अगाडि सारेर भरतपूरमा नेपालकै पहिललो अन्तराष्ट्रिय क्रिकट स्टेडियम बनाउँदै छ, धेरै खुशी छु । हूनपनि किन न हूने, युवा विकास खेल भावनाले ओतप्रोत क्रिकेट खिलाड़ी नै परें, तर अहिले भावनात्मक भन्दा तार्किक रुपमा हेर्दा नेपाल सरकारले राष्ट्रिय खेलकुद परीषद्सँग समन्वय गरी सरकारकै ढुकुटीबाट खेल मैदान निर्माण गर्नु पर्ने हो । तर यसो नभै धूर्मूस सुन्तलीको सहयोगमा देशकै शान र पहिचान बन्न सक्ने योजना मध्य एक नेपालकै पहिलो अन्तर्राष्ट्रिय क्रिकट स्टेडियम बनाउने निर्णय गर्यो । जुन सरकारको लागि लज्जास्पद र नेपालीको लागि हास्यपद नै हो ।

नेपाल सरकार ठूलो हो की, एउटा ब्यक्तिले खोलेको फाउण्डेशन ? यदि फाउण्डेशन नै ठूलो हो भने सरकारको औचित्य के हो ? यदि देश विकास र जनतालाई न्याय कूनै व्यक्ति या व्यक्तिगत संस्थाले गर्ने हो भने सरकार हुनुको के अर्थ ? हामी नेपाली जनताले नै दिएको करबाट बन्नु पर्ने हो बाटो घाटो र खेलकुद मैदान । बार्षिक छुट्टाईएको बजेट कोल्याप्स भै रहेको छ । एनसेलबाट लिनुपर्ने ७२ अरब राजस्व लिन सकीएको छैन । प्रचण्डले घोटला गरेको भनिएको २० अरब छानबिन गर्न सकिदैन । वाईडबडी जहाजको खरिद प्रकृयामा भएको ४ अरब बढी भ्रष्ट्राचार भएको रकमको खोजतलास गर्न नसक्ने, भ्रष्ट्रचारीहरूलाई कानुनी कठघरामा ल्याएर पैसा उठाउन नसक्ने अनि हास्य कलाकार धुर्मुस सुन्तलीले रंगशाला बनाउँदा नाफा मुलक र ब्यबसायीक हिसावमा निर्माण हुने क्रिकेट स्टेडियमको फाइदा कसलाई मिलने छ ? यो सजिलै अनुमान लगाउन सकिन्छ । यसरी चन्दा उठाई स्टेडियम बन्दा अनुदान गर्नेहरूले चाँहि के पो पाउने हून थाह छैन । मागेरै क्रिकेट रंगशाला बनाउने हो भने धुर्मुसको ठाउँमा ‘माग्ने बुढा’लाई नै नेता मानेको भए हुन्थ्यो । नाम र काम दुबै मिल्थ्यो । यसले हाम्रो माग्ने सँस्कृतिलाई झन उन्नत बनाउँथ्यो । मगन्तेहरुको हाम्रो यो देशमा हामी क्रिकेटको मनोरञ्जन पनि मागेरै गर्ने मानसिकता बोकीरहेका छौं । जनतासँग चन्दा मागेर भौतिक पुर्वाधार निर्माण गर्ने हो भने सरकार रहनुको कूनै औचित्य देखीदैन ।

निसंदेह धूर्मूस सुन्तलीले विगतमा समाज र देशको अतुलनीय सराहनीय काम गरेका छन्, नेपाली जनता को मन र विश्वास जीतन पनि सफल भएका छन् । विगतमा गरिएका समाजिक कार्य नितान्त समाजिक निस्वार्थ मुनाफ रहित थिए, तर यसपटकको योजना चाहिं स्वार्थ व्यापारिक र मुनाफा मूलक रहेको भान नेपाली जनतालाई भएको छ । स्मरण रहोसः कि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम बन्न नमुना बस्ति र मुसहर बस्ति बनेको जस्तो सजिलो छैन । लगभग ३ अरबको लेखा जोखा गरिएको परियोजना चानचुने भने पक्कै पनि हैन । सरकारले धुर्मुस सुन्तलीको काँधमा राखेर बंदूक पड्काउँदै छ, जस्ले धूर्मूस सुन्तलीको लोकप्रियता र छवि खराब हून सक्छ । यस पटक उनीहरुलाई सतर्क र सावधान रहन जरूरी देखिन्छ । उनले आफ्नो फाउण्डेशनलाई नेकपाको या कूनै पनि पार्टीको भातृ संगठनको दर्जा दिनु हुँदैन । बिदेशीएका प्रवासी नेपाली जनताबाट प्राप्त चन्दाले सरकारलाई खुशी बनाउँदै नाम र तक्मा थप्ने काम हुनु हुदैन । किनभने जति भूमिका धूर्मूस–सुन्तली फाउण्डेशनको रहने छ, त्यति नै भूमिका उनको फाउण्डेशनलाई सहयोग पुर्याउनेहरुको पनि रहने छ । साथै उनलाई यो पनि स्मरण रहनु पर्छ कि, कूनै पनि संघ संस्था गैरराजनैतिक र मुनाफा रहित नै हुन्छन् र रहनु पर्छ तब मत्रै जनताले सहयोग र विश्वास गर्छन् । इतिहास साँक्षी छ, जब–जब कूनै पनि संघ संस्थाले मुनाफा र राजनैतिक हितको लागि काम गरे, उसलाई जनताले सहयोग गरेनन् यसको प्रत्यक्ष प्रमाण डा. केसीको अनशन भन्दा अरु हून सक्दैन ।

क्रिकेट स्टेडियम कुनै फाउण्डेशनले बनाओस् या सरकारले । क्रिकेट प्रेमी जनता र खेलाडीहरु क्रिकेट स्टेडियम बन्ने खबरले खुशी पक्कै छन्, तर शिक्षा र स्वास्थ्यलाई लोक कल्याणकारी बनाउनु आजको मुलभूत प्राथमिकता र दायित्व हो । कुनै रोग लागेमा एक नागरिकको सारा सम्पत्ती स्वाहा हुने आजको अवस्थाको अन्त्य गर्न जरूरी देखिन्छ । शिक्षा र स्वास्थ्य नाफा कमाउने क्षेत्र हैनन् । सरकारले शत प्रतिशत स्वास्थ्य र शिक्षालाई लोक कल्याणकारी बनाउन सक्दैन भने, धूर्मूस–सुन्तली फाउण्डेशन जस्तै नागरिकहरुको पहलमा एउटा ‘हेल्ट ट्रष्ट’ बनाउन जरूरी देखिन्छ । यसको सञ्चालनका लागि स्वच्छ छवीका व्यक्तित्वहरुको समिति बनाई सातै प्रदेशमा समता अस्पताल झैं सस्तैमा उपचार हुने अस्पताल खोलियोस् । प्लस टुसम्म निःशुल्क पढन पाइने स्कुल खोलियोस् । मागेको पैसा कहाँ लगाइने भन्ने प्रश्न बडो महत्वपूर्ण छ । जनतासँग मागेको पैसाले जनताका प्राथमिक समस्या समाधानमा लगाउनुपर्छ । क्रिकेट रंगशाला जनताको प्राथमिकता हैन, जनताको प्राथमिकता शिक्षा र स्वास्थ्य हो तर दुःखद हो कि न त सरकारले न ही कूनै फाउण्डेशनले यस विषमा ध्यान दियो कारण शिक्षा र स्वस्थ्यका क्षेत्र सरकार या कुनै फाउण्डेशनको लागि नाफामूलक कहिलै पनि हून सक्दैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here