देशी–विदेशी शक्तिहरु वाम गठबन्धन तोडन प्रयास गर्दै छन् : केसी

0
454

काठमाण्डौ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले वाम गठबन्धन तोड्न देशी–विदशी शक्तिले प्रयास गरेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै अध्यक्ष केसीले गठबन्धन तोड्ने प्रयास भए पनि कुनै दरार नआओस् भन्ने आफ्नो चाहना रहेको बताए ।

केसीले आफू वाम गठबन्धनमा भने नरहेको स्पष्ट पारेका छन् । “अहिले हाम्रो नीति र निर्णय छैन । कहाँ पार्टी एकतामा जाने ? कार्यगत एकता त ६२–६३ मा मधेशवादीसँग गर्यौ । ३५–३६ मा कांग्रेससँग गर्यौं ।”

कार्यगत एकता गर्नु र पार्टी एकता हुनु एउटै कुरा नभएको उनको तर्क छ । “ओली र प्रचण्डले भनेको भरमा देशभरका कार्यकर्ताले भनेको अर्थ लाग्दैन ।” उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here