देशमा भ्रष्ट व्यवस्था रहेसम्म युवाहरु बिदेसिने क्रम रोकिदैन : घिमिरे

0
172

टेकराज भुसाल(टेकु)
बुटवल ।
राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल युवक संघका केन्द्रप्य अध्यक्ष अनिल किशोर घिमिरेले नेपालमा भ्रष्ट व्यवस्था रहेसम्म युवाहरुको बिदेशीने क्रम नरोकिने बताउनुभएको छ । अखिल नेपाल युवक संघको केन्द्रीय कार्यक्रम अन्तर्गत जिल्लाको भुमिकास्थान १ ढाकावाङ्गमा भएको लागौं युवा जागौं युवा कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै घिमिरेले सो अभिव्यक्ति दिनु भएको हो ।

सोही कार्यक्रममा राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य मेघराज खनाल, अखिल नेपाल युवक संघका केन्द्रीय सदस्य कुलराज खनाल, कृष्ण खनाल, भुमिकास्थान नगर समितिका अध्यक्ष राजु सुनार, भुमिकास्थान नगरपालिका वडा न १ का वडाअध्यक्ष भोजराज खनाल, अखिल नेपाल महिला संघकि खुमा बेल्वासे, अखिल नेपाल शिक्षक संघका रामप्रसाद खनाल लगायतले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रम प्रकाश खनालको अध्यक्षता र राजु गमालको स्वागत मन्तव्यबाट अगाडि बढेको थियो । माधव खनालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

सोही कार्यक्रमको अवसरमा अखिल नेपाल युवक संघ भुमिकास्थान १ को १५ सदस्यीय वडा कमिटी पनि गठन गरिएको छ । जसको अध्यक्ष प्रकाश खनाल, उपाध्यक्ष राजु गमाल, सचिव माधव खनाल, सहसचिव दिपक नेपाली र कोषाध्यक्ष राधिका बेल्वासे रहनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here