देशद्रोही नारा लगाएको आरोपमा कन्हैया सहित ३६ विद्यार्थीहरुमाथि मुद्धा दायर

0
392

नयाँ दिल्ली । दिल्ली पुलिसले देशद्रोहको आरोपमा जवाहरलाल नेहरु विश्वविद्यालय विद्यार्थी संघका पूर्व अध्यक्ष कन्हैया कुमार सहित १० जनाका विरुद्धमा आरोप पत्र दर्ज गरेको छ । पर्याप्त सबूत नभएको हुनाले आरोप पत्रको कालम १२ मा ३६ जनाका नाम दिइएको छ । यो आरोप पत्र पटियाला हाउस कोर्टको मेट्रोपालिटन मजिस्ट्रट सुमित आनंदको अदालतमा दर्ज गरिएको हो । सबै आरोपीहरुले संसद हमलाका मास्टरमाइंड अफजल गुरुको फाँसीको वार्षिकीमा विश्वविद्यालयमा ९ फरवरी २०१६ मा सम्पन्न एक कार्यक्रममा देशद्रोही नारा लगाएको मजिस्ट्रेट आरोप पत्रमा उल्लेख छ ।

दिल्ली पुलिसले देशद्रोह मामलामा विभिन्न धाराहरु अन्तर्गत आरोप पत्र दर्ज गरेको छ । मुख्य आरोपी कन्हैया कुमार बाहेक विद्यार्थीहरु उमर खालिद र अनिर्बान भट्टचार्यलाई एउटै मुद्धा अन्तर्गत केश दर्ज गरिएको छ ।

त्यस्तै कश्मीरी छात्र आकिब हुसैन, मुजीब हुसैन, मुनीब हुसैन, उमर गुल, रइया रसुल, बशीर भट र बशरतलाई पनि दिल्ली पुलिसले आरोपी बनाएको छ । कम्यूनिष्ट पार्टी (सीपीआई) का नेता डी. राजाकी छोरी अपराजिता, जेएनयुएसयु विद्यार्थी संघकी तत्कालिन उपाध्यक्ष शहला राशिद, राम नाग, आशुतोष कुमार लगायत बनोज्यात्सना लाहीरी सहित लगभग ३६ अन्यका विरुद्धमा पनि मुद्धा दायर गरिएको छ ।

कन्हैया कुमारले कार्यक्रममा सहभागीहरुलाई भारत विरोधी नारा लगाउन उक्साएको आरोप उत्रमा उल्लेख छ । पुलिसले भाजपा सांसद महेश गिरी र अखिल भारतीय विद्यार्थी परिषद (एबीवीपी) को जानकारी अनुसार बसंत कुंज (उत्तर) पुलिस ठानामा ११ फरवरी २०१६ मा प्राथमिकी दर्ज गरेका थिए । प्राथमीकमा पहिले धारा १२४ ए तथा धारा १२० लगाइएको थियो । हालको आरोप पत्रमा भने धारा ३२३, ४६५, ४७१, १४३, १४९, १४७ र १२० लगाइएको छ ।

के छ धारामा :

भारतीय दंड संहिता (आईपीसी) को धारा १२४ ए (राजद्रोह), ३२३ (कसैलाई चोल पु¥याउनु), ४६५ (जालसाजी), ४७१ (फर्जी दस्तावेज या इलेक्ट्रोनिक रिकर्डको वास्तविक दस्तावेजलाई उपयोग गर्नु), १४३ (गैरकनूनी तरिकाले एकत्र समूहलाई सदस्य हुनु), १४९ (गैरकानूनी तरिकाले एकत्र समूहका सदस्य बन्नु), १४६ (दंगा फैलाउनु) र १२० (आपराधिक षडयन्त्र रचनु)को अन्तर्गत मुद्धा दर्ज गरिएको छ । उक्त आरोप पत्र लगभग १२ सय पन्नाको रहेको जनाइएको छ ।

राजनीतिक षडयन्त्र भएको बताउँछन कन्हैया

दिल्ली पुलिसले आरोप पत्र दर्ज गरे पछि कन्हैया कुमार सहितका आरोपीहरुले आरोप पत्र राजनीतिबाट प्ररेरित कदम बताएका छन् । उनीहरुका अनुसार लोकसभा चुनावको नजिकै आएर मुद्धा दायर गर्नु षडयन्त्र भएको आरोप लगाए ।

कुमारले बताए, आरोपत्र राजनीतिबाट प्रेरित छ । हालांकि, हामीले यो चाहन्छौं कि आरोप निश्चित गरियोस् र मामलामा तुरुन्त सुनवाई सहोस्, ताकि सच्चाई सबै आगाडि आओस् ।

त्यस्तै कम्यूनिष्ट पार्टी (सीपीआई) का नेता डी. राजाले भने, “हामीले यो मुद्धा अदालतमा र अदालतको बाहिर राजनीतिक रुपबाट पनि लड्ने छौं ।”

त्यस्तै खालिदले बेंगलुरुमा सेंटजोसेफ कलेजका विद्यार्थीहरुद्वारा आयोजित “संविधान को रक्षामा युवकहरुको भूमिका” विषयमा सम्पन्न अन्तरक्रिया कार्यक्रमलाई सम्बोधत गर्दै, “हामीले आरोपको खारेज गर्दछौं, कथित घटनाको तीन वर्ष पछि आरोप पत्र दर्ज गर्नु चुनाव भन्दा पहिला ध्यान भटकाउने प्रयास हो ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here