देशको हुर्मत लिइँदा खोजवीन, छानबिन, कार्वाही हुनुपर्दैन ?

0
274

हालै भारतका विभिन्न शहरमा यौन व्यवसायमा ‘नेपाली’ युवतीको सार्वजनिक बिज्ञापन सहित तस्बिर फेला परेको छ । उक्त बिज्ञापन सहित तस्बिरले नेपाली सञ्चार जगतमा निकैनै ठूलो स्थान पायो । तर सवाल कस्ले के गर्दछ भन्ने होइन । सवाल कहाँ कस्को राष्ट्रियताको धज्जिया उडाईदै र उडाइएको छ भन्ने हो । त्यसमा सरकार र सरकारसँग सम्बन्धित निकायको कति ध्यान पुग्यो यो झन् गम्भिर सवाल होला । तर एक सार्वभौम राष्ट्रिको राष्ट्रियता माथि नै यसरी खुलेमा धज्जिया उडाइंदा झ्यालको पर्दा हटाउने कि सरकार ?

नेपाल प्रेस काउन्सीलका अध्यक्ष तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठले सामाजिक सञ्जालमा सो तस्बिर राख्दै प्रश्न गरेका छन् – दिल्लीस्थित दूतावासमा बस्ने साथीहरु के गर्दै र हेर्दै दिन कटाउनुहुन्छ ? मौजमस्ती और सेक्स मार्केट खुलेर नेपाली लड्की उपलब्ध हुने बिज्ञापन यसरी हाकाहाकी निक्लादा देशको हुर्मत लिइँदा खोजवीन, छानबिन, कार्वाही हुनुपर्दैन ?’

यौन व्यवसायका लागि नेपाली युवती पाइन्छ भन्दै भारतमा सार्वजनिक बिज्ञापन सहित गरिएको तस्बिर फेला परेको छ । सामाजिक सञ्जालमा भाइरल भएको उक्त तस्बिरमा भारतका सबै प्रदेशमा मोजमस्ती तथा यौन सम्पर्कका लागि महिलाको नाम र नम्बर समेत उपलब्ध गराइने बताइएको छ, त्यो पनि गोप्य र सुरक्षित तरिकाले । विज्ञापनमा राम्रो पैसा दिनेलाई नयाँ र फ्रेस युवती पाइने पनि उल्लेख गरिइएको छ । ‘हामीसँग बंगलादेशी र नेपाली युवतीहरु उपलब्ध छन’ भन्दै विज्ञापनको अन्त्यमा नोटसमेत लेखिएको छ ।

पत्रकार श्रेष्ठको पोस्टपछि दिल्लीस्थित नेपाली दुतावासका राजनीतिक कन्सुलर हरी ओडारीले पत्र लेख्दै दिल्ली प्रहरीलाई घटनाका बिषयमा जानकारी गराएको बताएका छन् । ओडारीले लेखेका छन्– बिषयको जानकारीका लागि धन्यबाद, यस सम्बन्धमा हामीले दिल्ली प्रहरीलाई हेर्न भनेका छौं’ ।

केही युवतीहरुको तस्बिर समेत राखिएको उक्त पोस्टरमा यसरी देशको नाम जोडेर प्रचार–प्रसार गरिनु दण्डनीय अन्तर्देशीय अपराध मान्निछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here