देशको परिस्थिति, निरीह सरकार र जनाक्रोश

0
194

– लक्ष्मण देव पाण्डे

झण्डै सात दशक लामो त्याग र बलिदानीबाट रक्तरञ्जित सङ्घर्षको फलस्वरूप लामो समयदेखि जरा गाडेर बसेको सामन्ती संस्थाको प्रतीक राजतन्त्रको अन्त्य भई गणतन्त्र स्थापना गर्न हामी नेपालीहरु सफल भयौँ । राजा, पञ्चायत र बहुदलीय व्यवस्थाका शासकका विरुद्धका थुप्रै बलिदानीका कारणले आजको व्यवस्थासम्म नेपाल आएको छ । कतिपय समयमा राजतन्त्रको दमनबाट नेताहरुले आन्दोलनको नेतृत्व गर्न नसकेको अवस्थामा आन्दोलनलाई जनताले अगाडी बढाई नेतालाई नेतृत्व गर्न खोजेर ल्याएको इतिहास हामीसँग रहेको छ । जुनसुकै परिस्थितिको सामना गर्न सक्ने र अजेय शक्ति भनेको स्वाभिमानी नेपाली जनता नै हुन् । गणतन्त्र स्थापना, संविधान सभाबाट नेपाली जनताको संविधान, तीनै तहको निर्वाचन, नेपालको इतिहासमा अत्यधिक बहुमतको सरकार बनाई नेपाली जनताले आफ्नो दायित्व पुरा गरेका छन् ।

तर आजसम्मको राजनीतिक परिवर्तनका वाहक नेपाली जनताले प्रश्न गरिरहेका छन् । सहिदको सम्मान खोई ? सहिद परिवारको व्यवस्थापन खोई ? घाइतेको व्यवस्थापन खोई ? वेपत्ताको खोजी खोई ? श्रमजीवी जनताको श्रमको सम्मान खोई ? गरिब, निमुखाको व्यवस्थापन खोई ? बेरोजगार, बेघरबारको व्यवस्थापन खोई ? यी र यस्तै प्रश्नहरुको जवाफ कथित वामपन्थी भन्नेहरुको सरकारले दिनु पर्छ कि पर्दैन ? २०२८ सालमा सामन्तका टाउका काट्ने र २०५२ सालदेखि सर्वहाराको राज्यसत्ता स्थापना गराउने नाममा जनयुद्ध गर्नेहरुको युगल जोडीको सरकार के गर्दैछ ? कसको सेवा गर्दैछ ? यसको जवाफ आउन जरुरी छ ।

तीनै तहका निर्वाचन भए, सङ्घीयता संविधानमा लेखियो, अब त सिंहदरबारको अधिकार घरघरमा पुग्यो भन्नेहरु सग्लो सानो नेपाललाई च्यातेर धुजाधुजा पारिरहेका छन् र भनिरहेका छन्– यी च्यातिएका टुक्राहरुलाई हामी सिलाएर सग्लोभन्दा बलियो बनाएर देखाउँछौँ । अब तपाई सङ्घीयताका ठेकेदारहरुका हावादारी कुराको बारेमा तपाईहरुकै मतदाता व्यवहारत: सबैभन्दा जानकार भइरहेका छन् । आज सङ्घीयताको असली रूप नेपाली जनताको घर, गोठ, खेत, बारी सबै ठाएँसम्म पुगिरहेको छ र जनताले अनुभूत गरिरहेका छन् । गल्ती नगर्ने कोही पनि हुँदैन । जान–अञ्जान सबैबाट गल्ती हुन सक्छ तर महानता त्यो हो, जसले गल्तीलाई सच्याउन सक्छ । हिजो को, कसको दबाबमा सङ्घीयताको विष भित्राउन को, कसको, कस्तो भूमिका रह्यो भन्दा पनि आज नेपाली जनताले भनिरहेका छन्– सङ्घीयता नेपालमा अफापसिद्ध भइसक्यो, यसलाई समयमै फिर्ता गर्नु पर्दछ । यसले पनि के प्रष्ट पार्दछ भने अब सबैले आ–आफ्नो ठाएँबाट छातीमा हात राखेर सोचौँ र ढिला नगरौँ ।

जो जसले पनि सपना देख्न पाइन्छ, त्यो उसको अघिकार हो । सपना ठुला देख्ने र बााड्ने तर जनताका सामान्यभन्दा सामान्य आधारभूत कुराहरुलाई नजरअन्दाज गर्न अवश्य पाइदैन । सरकार दुई–तिहाइको छ, देशमा हत्या हिंसा, बलात्कार, अपहरण, महङ्गी, भ्रष्टाचार, दण्डहीनता बढिरहेका छन् । यस्तो परिस्थिति आउनुमा या त सरकारले आफ्नो राज्यसत्ता चलाउने तरिका गलत अपनाएको हुनु पर्दछ, या त विरोधी क्रियाकलापमा सरकारका सञ्चालक नै संलग्न भएको हुनु पर्दछ ? यो जवाफ सरकारले दिन जरुरी छ । सरकारलाई जनताको पक्षमा काम गर्न कसैले अवरोध गरेको छैन भन्ने जवाफ दिन्छ भने हामी भन्न सक्छौँ– सरकारलाई विभिन्न क्षेत्रका माफिया, भ्रष्टाचारी, दण्डहीनताका अगुवाहरुले अवरोध गरिरहेका छन् । त्यो अवरोध हटाउने तागत यो सरकारसँग छैन । अवरोध हटाउने तागत सरकारले आफूसँगै राख्न चाहन्छ भने सबैभन्दा ठुलो तागत स्वाभिमानी जनतालाई आफ्नो साथमा लिई जनताको पक्षमा काम गर्ने आँट गरेमा मात्र सरकारले वरिपरिको अवरोध हटाई जनताको पक्षमा काम गर्न सक्नेछ, होइन भने माफियाहरुको घेराबन्दीमा परेको जतिसुकै सङ्ख्याको सरकार भए पनि हालत यस्तै हुन्छ । त्यो इतिहासले प्रमाणित गरिसकेको छ ।

देशको हितका लागि जुनसुकै दल, नेता वा नागरिकले कुरा उठाए पनि त्यो ठिक हो भन्न सक्नु नै नेताहरुको महानता हो । हिजो को, कसको निर्देशनमा नेपालमै आवश्यक नभएको सङ्घीयतालाई भित्राउने गल्ती भयो ? जुन कुनै पनि आन्दोलनको माग थिएन, जनताको माग थिएन र जनतासँग छलफल, बहस, जानकारी बिना नै ल्याइएको थियो । त्यही समयमा संस्थागत रूपमा राष्ट्रिय जनमोर्चाले सङ्घीयता नेपालको हकमा आवश्यक छैन, नेपालको कुनै पनि स्थितिले यसलाई धान्न सक्दैन भन्दै हारगुहार गर्दै लगातार सङ्घीयताका विरुद्ध सङ्घर्ष गर्दै आयो । त्यो सङ्घर्षको निरन्तरतासँगै अहिले आएर विभिन्न नाममा विभिन्न तहले नेपाली जनतामाथि लादिएको अवैज्ञानिक करवृद्धिको विषयलाई समेत जोडेर राजमोले देशव्यापी जुलस, सभा, कोणसभा, अन्तरक्रिया भेटघाट, छलफल समेत चलाइरहेको छ । देश, जनताको पक्षमा सङ्घीयता छैन भने समयमै यसलाई सच्याउन सकेमा मात्र सग्लो देश रहन सक्नेछ, नभए दुर्घटना हुन सक्नेछ । यसप्रति सबैको ध्यान जान जरुरी छ ।

अहिलेको सरकारका प्रमुखले भनिरहेका छन्– जनता निराश हुनु भनेको परिस्थिति धेरै जटिल छ भनेर बुझ्नु पर्दछ । जनतालाई निराश हुन दिनु हुन्न । सरकारको पक्षमा सरकारमै रहेका दलका नेता, कार्यकर्ता र मन्त्री, सांसदहरु बोल्न, लेख्न सकिरहेका छैनन् । सरकार प्रमुखले अहिलेको परिस्थितिलाई आफ्ना दुईवटा भनाइले प्रष्ट पारिरहेका छन् । आज जसले यो सरकारका पार्टीहरुको पक्षमा मतदान गरे वामपन्थी भन्नेहरुकै पक्षमा झण्डै दुई–तिहाइको सङ्ख्या पुर्‍याइदिए । अब त जनताका आधारभूत समस्याहरु समाधान हुनेछन्, सरकारले ल्याएको समृद्ध नेपाल सुखी नेपाली भन्ने नारा सार्थक हुने भो, शान्ति, सुरक्षा, सुशासन, भ्रष्टाचारमुक्त देश, कानुनी शासन, बेरोजगारीको अन्त्य लगायतका कुराहरु पुरा हुनेछन् भन्ने ठुलो अपेक्षा गरेका कुराहरु पुरा नभई सबैतिर निराशा छाइरहेको छ । यही परिस्थितिलाई देखेर सरकार प्रमुखले जनता निराश हुनु भनेको देशको परिस्थिति राम्रो छैन् भन्ने नै हो भनेका छन् । अहिलेको परिस्थिति सरकारको कामगराइको तौरतरिकाका बारेमा स्वयं सत्तारुढ दलका नेता, कार्यकर्ता, मन्त्री, सांसदहरुले खुलेर बचाउ गर्न नसक्नुले र सरकार प्रमुखले त्यही कुरालाई मिडियामा बोल्नुदले धेरै कुरा प्रष्ट भइरहेको छ ।

कुनै पनि राज्य सञ्चालनको मूल नीति राजनीति नै हो । जबसम्म सही राजनीतिले राज्य सञ्चालनको प्रतिनिधित्व गर्दैन, तबसम्म जोसुकै र जतिसुकै सङ्ख्याका मानिसहरुले राज्य सञ्चालन गरे पनि त्यहाँ अराजकता, दण्डहीनता, माफिया तथा भ्रष्टाचारले जरा गाडिरहेको हुन्छ र त्यही दलदलमा सरकार फसिरहेको हुन्छ । वर्तमान सरकार त्यही दलदलमा फसिरहेको छ, सरकारका खुट्टा झन्पछि झन् दलदलमा भासिइरहेका छन् । यो सरकारलाई सही दिशामा हिाडाउन सम्पूर्ण स्वाभिमानी जनताले आ–आफ्नो ठाएँबाट हामी कुनै पनि सरकारले लगाएको अवैज्ञानिक कर तिर्न सक्दैनौँ भन्ने आवाजलाई सङ्गठित गर्दै हामीलाई सोध्दै नसोधी ल्याइएको सङ्घीयता समयमै खारेज गरौँ भन्दै दबाब सिर्जना गर्नु नै पर्दछ । असङ्गठित रूपमा उठाएको आवाजलाई सरकारले सुन्नेवाला छैन । देश र हाम्रो पक्षमा सङ्गठित बनौा, अजय शक्ति जनता हो भन्ने कुरालाई पुन: एक पटक प्रमाणित गर्नु नै अहिलेको आवश्यकता हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here